कार्तिक १, २०८३ शनिबार October 17, 2026

भारतको गुजरातस्थित औषधि कारखानामा विस्फोट, पाँच जनाको मृत्यु

विस्फोटपछि मिथाइलिन डाइक्लोराइड ग्याससमेत चुहावट भएको खुलाशा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

नयाँदिल्ली,  असोज  ३१ गते । भारतको पश्चिमी राज्य गुजरातस्थित एक औषधि कारखानामा भएको विस्फोटमा परी कम्तीमा पाँच जना कामदारको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् । स्थानीय अधिकारीले शनिबार उक्त जानकारी दिएका हुन् ।

गुजरातको राजधानी गान्धीनगरबाट करिब २१० किलोमिटर दक्षिणमा पर्ने भरुच जिल्लाको सयाखा गुजरात औद्योगिक विकास निगम (जिआइडिसी) क्षेत्रमा रहेको कारखानामा शुक्रबार राति विस्फोट भएको थियो ।

जिल्ला मजिस्ट्रेटको कार्यालयका एक स्थानीय अधिकारीका अनुसार घाइतेहरूलाई तत्कालै उपचारका लागि अस्पताल लगिएको थियो।

विस्फोटपछि मिथाइलिन डाइक्लोराइड ग्याससमेत चुहावट भएको समाचारमा जनाइएको छ । रासस/सिन्ह्वा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दसैँ घरमा भित्र्याइयो फूलपाती
२०८३ कार्तिक १, शनिबार
रुसमाथि प्रतिबन्ध लगाउन जेलेन्स्कीको आग्रह, ट्रम्पको निर्णयप्रति असन्तुष्टि
२०८३ कार्तिक १, शनिबार
राष्ट्रपति पौडेलको प्रमुख आतिथ्यमा टुँडिखेलमा फूलपाती बढाइँ समारोह सम्पन्न
२०८३ कार्तिक १, शनिबार
विजयादशमीले सद्भाव र एकताको सन्देश दिन्छः प्रदेश प्रमुख कर्ण
२०८३ कार्तिक १, शनिबार
भारतको गुजरातस्थित औषधि कारखानामा विस्फोट, पाँच जनाको मृत्यु
२०८३ कार्तिक १, शनिबार
तातोपानी नाका तीन दिनका खुल्ने
२०८३ कार्तिक १, शनिबार
सेनाको विपद् प्रतिकार्य : समन्वय र सहकार्यको उत्कृष्ट संयोजन
२०८३ कार्तिक १, शनिबार