कार्तिक १, २०८३ आइतबार October 18, 2026

मधेशमा नयाँ सरकार गठनको कसरत तीव्र, ओली-उपेन्द्रबीच भयो छलफल

सरोज कुमार यादवको नेतृत्वमा नयाँ गठबन्धन सरकार बनाउन राजी भएको खुलाशा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

जनकपुरधाम । मधेश प्रदेशमा नयाँ सरकार गठनको समीकरण निर्माणका लागि नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) नेपालबीच तीव्रताका साथ छलफल अघि बढेको छ। जनकपुरधाममा आयोजित छलफलमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसहित दुवै दलका शीर्ष नेताहरूको सहभागिता रहेको थियो।

बैठकमा जसपा नेपालका मधेश प्रदेश संसदीय दलका नेता सरोज कुमार यादवसमेत सहभागी थिए। छलफलमा सहभागी एक नेताका अनुसार जसपा नेपालकै नेतृत्वमा नयाँ प्रादेशिक सरकार गठन गर्ने गरी प्रारम्भिक सहमति जुटेको छ। दुवै दल सरोज कुमार यादवको नेतृत्वमा नयाँ गठबन्धन निर्माण गर्दै सरकार बनाउने प्रयासमा लागेका छन्।

यसअघि शुक्रबार मात्रै नेकपा एमालेले नेपाली कांग्रेस नेतृत्वको मधेश प्रदेश सरकारबाट अलग हुने निर्णय गर्दै आफ्नो समर्थन फिर्ता लिएको थियो। एमालेले समर्थन फिर्ता लिएसँगै प्रदेशमा नयाँ बहुमतीय सरकार गठनको बाटो खुलेको हो।

कुल १०७ सिट रहेको मधेश प्रदेश सभामा सरकार गठनका लागि आवश्यक स्पष्ट बहुमत पुर्याउन ५४ सिट आवश्यक पर्छ। हाल मधेश प्रदेश सभामा २७ सिटसहित जसपा नेपाल सबैभन्दा ठूलो दलका रूपमा रहेको छ भने २३ सिटसहित नेकपा एमाले दोस्रो ठूलो दल हो।

यसैगरी नेपाली कांग्रेसको २२ सिट र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को १५ सिट रहेको छ। एमाले र जसपा नेपाल मिलेको खण्डमा बहुमतका लागि आवश्यक सिट सहजै पुग्ने देखिन्छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध लुम्बिनीमा विरोध, निर्णय सच्याउन महाअभियानको माग
२०८३ कार्तिक १, आइतबार
नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ
२०८३ कार्तिक १, आइतबार
‘चौथो उपाध्यक्ष कप भलिबल प्रतियोगिता’को उपाधि रतचुरालाई
२०८३ कार्तिक १, आइतबार
दसैँ बिदामा पनि चितवन मेडिकल कलेजमा विशेषज्ञ सेवा पाइने
२०८३ कार्तिक १, आइतबार
सर्वोच्च अदालतको २० बुँदे निर्देशन : सेवाग्राहीलाई एक घण्टाभित्र तारेख र नक्कल दिनुपर्ने
२०८३ कार्तिक १, आइतबार
राज्यको बेवास्तामा म्युजिक भिडियो र लघुचलचित्र
२०८३ कार्तिक १, आइतबार
Nepal Telecom is official partner of NPL-3
२०८३ कार्तिक १, आइतबार