कार्तिक २, २०८३ सोमबार October 19, 2026

राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक

अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६४ पैसा र बिक्रीदर १५२ रुपैयाँ २४ पैसा निर्धारण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ, जसअनुसार आइतबार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६४ पैसा र बिक्रीदर १५२ रुपैयाँ २४ पैसा निर्धारण गरिएको छ।

त्यस्तै, युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ७० पैसा र बिक्रीदर १७१ रुपैयाँ ३८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०२ रुपैयाँ १९ पैसा र बिक्रीदर २०२ रुपैयाँ ९९ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १८४ रुपैयाँ १४ पैसा र बिक्रीदर १८४ रुपैयाँ ८७ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ ५६ पैसा र बिक्रीदर १०५ रुपैयाँ ९७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ १२ पैसा र बिक्रीदर १०७ रुपैयाँ ५५ पैसा, तथा सिङ्गापुर डलर एकको खरिददर ११८ रुपैयाँ ५५ पैसा र बिक्रीदर ११९ रुपैयाँ ०२ पैसा तोकिएको छ।

यसैगरी, जापानी येन १० को खरिददर नौ रुपैयाँ ६० पैसा र बिक्रीदर नौ रुपैयाँ ६४ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ६८ पैसा र बिक्रीदर २२ रुपैयाँ ७७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ४१ पैसा र बिक्रीदर ४० रुपैयाँ ५७ पैसा तथा कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ६० पैसा र बिक्रीदर ४१ रुपैयाँ ७६ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ५४ पैसा र बिक्रीदर चार रुपैयाँ ५६ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ २८ पैसा र बिक्रीदर ४१ रुपैयाँ ४५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ १५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३० पैसा, साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ ४० पैसा र बिक्रीदर ११ रुपैयाँ ४५ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ३३ पैसा र बिक्रीदर १५ रुपैयाँ ३९ पैसा तथा डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ८४ पैसा र बिक्रीदर २२ रुपैयाँ ९३ पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ३२ पैसा र बिक्रीदर १९ रुपैयाँ ४० पैसा, कुवेती दिनार एकको खरिददर ४९२ रुपैयाँ १० पैसा र बिक्रीदर ४९४ रुपैयाँ ०५ पैसा, बहराइन दिनार एकको खरिददर ४०१ रुपैयाँ ४३ पैसा र बिक्रीदर ४०३ रुपैयाँ ०२ पैसा तथा ओमनी रियाल एकको खरिददर ३९३ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३९५ रुपैयाँ ४२ पैसा रहेको जनाएको छ। साथै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया