कार्तिक २, २०८३ सोमबार October 19, 2026

सप्तकोशीमा डुबेर बेपत्ता युवा मृत फेला

मृतकको शव परीक्षणका लागि इनरुवास्थित जिल्ला अस्पताल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

सुनसरी। सप्तकोशीमा पौडी खेल्ने क्रममा आइतबार साँझ बेपत्ता भएका बराहक्षेत्रका एक युवक आज बिहान मृत फेला परेका छन् । बराहक्षेत्र नगरपालिका–१० बकुल्लाचापका २३ वर्षीय ओसन कोइरालाको शव आज बिहान फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काका अनुसार निजको शव परीक्षणका लागि इनरुवास्थित जिल्ला अस्पताल पठाइएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया