कार्तिक २, २०८३ सोमबार October 19, 2026

पुटिनद्वारा ट्रम्प र सीसँग त्रिपक्षीय वार्ताको प्रस्ताव

एपेक सम्मेलनमा दुवै नेता सहभागी भए भेटघाटको अवसर मिल्न सक्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

मस्को। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्ध अन्त्यका लागि छलफल गर्न आगामी महिना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङसँग त्रिपक्षीय शिखर सम्मेलन गर्ने प्रस्ताव गर्नुभएको छ ।

प्रस्तावित वार्तामा युक्रेन र अमेरिकाका युरोपेली सहयोगीको प्रतिनिधित्व नहुने सम्भावनाले चासो बढाएको छ ।

द वाल स्ट्रिट जर्नलका अनुसार पुटिनले अक्टोबर ९ मा ट्रम्पसँगको टेलिफोन वार्ताका क्रममा प्रस्ताव अघि सार्नुभएको थियो । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले बैठकबारे छलफल भइरहेको पुष्टि गर्दै मिति र कार्यसूचीमा भने सहमति भइनसकेको बताउनुभएको छ । अमेरिकी अधिकारीका अनुसार ट्रम्पले पनि सम्मेलनमा औपचारिक सहमति जनाइसक्नुभएको छैन ।

क्रेमलिनले नोभेम्बर १८ र १९ मा चीनको सेन्जेनमा हुने एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनको अवसरमा वार्ता आयोजना गर्न सुझाव दिएको स्रोतहरूले बताएका छन् । रुसी कूटनीतिज्ञहरूले चिनियाँ अधिकारीसमक्ष प्रस्ताव राखेको र ट्रम्प सहभागी भए चीनलाई आपत्ति नहुने सङ्केत पाएको जनाइएको छ ।

यसैबीच, ट्रम्पले आइतबार रुस–युक्रेन युद्ध अन्त्यका लागि वार्तामा ‘ठूलो प्रगति’ भइरहेको दाबी गर्नुभएको छ । उहाँले युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीलाई दुई वर्षअघि राम्रो सम्झौता गर्न असफल भएको आरोप लगाउँदै रुसलाई वार्ताको टेबलबाट टाढा राख्न नहुने बताउनुभयो । ट्रुथ सोसलमा उहाँले आफूले चाहेको समयमा वार्तासम्बन्धी दस्तावेजमा हस्ताक्षर गर्न सक्ने उल्लेख गर्नुभएको छ ।

यस महिनाको सुरुमा पुटिन र ट्रम्पबीच करिब डेढ घण्टा लामो टेलिफोन वार्ता भएको थियो । रुसी राष्ट्रपतिका सहयोगी युरी उशाकोभका अनुसार कुराकानीमा आर्थिक सहकार्य, ऊर्जा आपूर्ति र अन्तर्राष्ट्रिय विषयमा छलफल भएको थियो । दुवै नेताले प्रत्यक्ष भेटघाटको सम्भावनाबारे पनि चर्चा गर्नुभएको थियो ।

ट्रम्पले उक्त वार्तापछि रुसले अमेरिकी तथा विश्व बजारमा तत्काल तीन लाख टनभन्दा बढी डिजेल इन्धन आपूर्ति गर्ने र आगामी महिनाहरूमा थप ढुवानी हुने घोषणा गर्नुभएको थियो । उशाकोभले एपेक सम्मेलनमा दुवै नेता सहभागी भए भेटघाटको अवसर मिल्न सक्ने बताउनुभएको छ ।

यसअघि चिनियाँ राष्ट्रपति सीले सेप्टेम्बर २३ देखि २५ सम्म अमेरिकाको राजकीय भ्रमण गर्नुभएको समाचारमा उल्लेख छ । उक्त भ्रमणका क्रममा अमेरिकी राष्ट्रपति ट्रम्पसँग आपसी सम्मानका आधारमा स्पष्ट र गहिरो विचार आदानप्रदान भएको चिनियाँ विदेशमन्त्री वाङ यीले बताउनुभएको जनाइएको छ । (रासस/एएनआई)

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
शाकाहारीहरूले दसैँ कसरी मनाउने ? बिस्तृतमा जान्नुहाेस्
२०८३ कार्तिक २, सोमबार
राष्ट्रपति पौडेलद्वारा नक्साल भगवती मन्दिरमा पूजाआराधना
२०८३ कार्तिक २, सोमबार
कञ्चनपुरमा दिसाबाट चार पुडिया खैरो हेरोइन बरामद, एक जना नियन्त्रणमा
२०८३ कार्तिक २, सोमबार
आफ्ना माग पूरा नभए सत्याग्रह शुरु गर्ने डा. गोविन्द केसीको चेतावनी
२०८३ कार्तिक २, सोमबार
बहत्तर हजार ट्रामाडोल क्याप्सुलसहित दुई युवक पक्राउ
२०८३ कार्तिक २, सोमबार
एनटी फाइबरको प्याकेजमा ग्राहकको आकर्षण, अनलाइनबाटै सेवा लिन सकिने
२०८३ कार्तिक २, सोमबार
दशैंमा प्रहरीको निःशुल्क बस सेवा
२०८३ कार्तिक २, सोमबार