कार्तिक ३, २०८३ मंगलबार October 20, 2026

ऊर्जा, प्रविधि र रक्षा सहकार्यमा छलफल गर्न अमेरिकी विदेशमन्त्री भारतमा

भारत–अमेरिका सम्बन्ध सुधारदेखि व्यापार र रक्षासम्म रुबियो–जयशंकर वार्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

मुम्बई । भिसा प्रतिबन्ध र कर (ट्यारिफ) को चेतावनीका कारण उत्पन्न तनावका बिच अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत भ्रमणमा आउँदैछन्।

उनले मंगलबार दिउँसो मुम्बईमा भारतीय विदेशमन्त्री एस. जयशंकरसँग भेटवार्ता गर्ने भएका हुन्।

यस भेटलाई दुई देशबिचको सम्बन्ध सुधार गर्ने प्रयासका रूपमा हेरिएको छ। भारतीय अधिकारीहरूका अनुसार दुई पक्षबिच ‘ऊर्जा, व्यापार तथा लगानी, रक्षा, महत्त्वपूर्ण एवं उदीयमान प्रविधि’ का विषयमा छलफल हुने अपेक्षा छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी डिसेम्बरमा आयोजना हुने जी–२० शिखर सम्मेलनका लागि अमेरिका भ्रमणमा जाने अपेक्षा गरिएको छ। यस पृष्ठभूमिमा रुबियो र जयशंकरको भेटले उक्त भ्रमणको आधारसमेत तय गर्नेछ।

मुम्बईलाई भेटघाटको स्थल बनाइनुलाई त्यहाँ केन्द्रित भारतीय व्यापारिक समुदायसँग सम्बन्ध विस्तार गर्ने प्रयास मानिएको छ। पाँच महिनाभन्दा कम समयमै फेरि भारत आएका रुबियो यसपटक नयाँ दिल्ली जाने छैनन्। उनी बुधबार सिधै जामनगरतर्फ प्रस्थान गर्नेछन्।

भारतीय विदेश मन्त्रालयका अनुसार रुबियो मंगलबार दिउँसो २:१५ बजे मुम्बई अवतरण गरेपछि करिब ४ बजे जयशंकरसँग भेटवार्ता तय भएको छ। उनले ताज प्यालेस होटलमा रहेको २६/११ को स्मारकमा श्रद्धाञ्जली अर्पण गर्ने र ‘युएस @२५०’ कार्यक्रममा सहभागिता जनाउने तालिका छ।

रिलायन्सको तेल प्रशोधन केन्द्र रहेको जामनगरतर्फको भ्रमणलाई निकै अर्थपूर्ण मानिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनका निकट सहयोगी तथा अर्बपति एलन मस्कले आफ्नो उपग्रह सञ्चार कम्पनी ‘स्टारलिङ्क’ भारतमा सुरु गर्न ढिलाइ हुनुमा केही व्यापारीहरूको भूमिका रहेको दाबी गरेका थिए।

मस्कले ‘एकाधिकारवादी नियन्त्रण कायम राख्न खोज्ने केही धनाढ्यहरू’ का कारण सेवा विस्तारमा ढिलाइ भएको आरोप लगाएका थिए। उनले सामाजिक सञ्जाल एक्समा, ‘के अम्बानी नै भारतका वास्तविक मालिक हुन् ?’ भन्दै टिप्पणीसमेत गरेका थिए।

स्रोतहरूका अनुसार रुबियोले दुई देशबिच प्रस्तावित व्यापार सम्झौतालाई लिएर भारतीय व्यापारिक समुदायमा देखिएको चिन्ता निवारण गर्ने अपेक्षा गरिएको छ। भारतीय बजारको सम्भावना सदुपयोग गर्न अमेरिकी र भारतीय दुवै व्यवसायका लागि पर्याप्त ठाउँ रहेको विषय उनले स्पष्ट पार्नेछन्।

यसै सन्दर्भमा भारतको बढ्दो मध्यम वर्गको ऊर्जा आवश्यकतालाई उदाहरणका रूपमा लिइएको छ। भारतीय बजारको उच्च माग धान्न रुसी र खाडी मुलुकको आपूर्तिलाई अमेरिकी ऊर्जा आपूर्तिले सघाउन सक्ने स्रोतको भनाइ छ।

चीनले फेरि संवेदनशील प्रविधिमा प्रतिबन्ध लगाइरहेका बेला दुई देशबिचको प्राविधिक साझेदारी र आपूर्ति शृङ्खलाको मजबुतीबारे पनि छलफल हुने अपेक्षा छ। अक्टोबर १६ देखि १८ सम्म चीनको वाणिज्य मन्त्रालय र विज्ञान तथा प्रविधि मन्त्रालयले निर्यात निषेध वा प्रतिबन्धित सूचीमा ४० वटा प्रविधि थप्ने मस्यौदा प्रस्ताव संयुक्त रूपमा सार्वजनिक गरेका थिए। जसमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई), सौर्य ऊर्जा उत्पादन उपकरण र कोष तथा जिन थेरापीलाई लक्षित गर्ने बायोमेडिसिन प्रविधि समावेश छन्।

स्रोतका अनुसार दुई पक्षले रक्षा सामग्रीको बिक्री र सह–उत्पादन बढाउने प्रयासबारे छलफल गर्नेछन्। विशेषगरी हवाई र समुद्री क्षेत्रमा अमेरिका प्राविधिक रूपमा निकै अगाडि छ। ‘दुई मन्त्रीहरू प्रविधि हस्तान्तरणको सम्भावनाबारे छलफल गर्नेछन्, जुन भारतको मुख्य माग रहँदै आएको छ,’ स्रोतले भन्यो। साथै अमेरिकाबाट गरिने रक्षा खरिदमा ‘मेक इन इन्डिया’ कार्यक्रमलाई कसरी समेट्न सकिन्छ भन्ने विषयमा पनि छलफल भइरहेको छ।

भारत–अमेरिका सम्बन्धमा केही असमझदारी निम्त्याएको आउजाउ (मोबिलिटी) प्रतिबन्धको विषयमा समेत वार्ता हुने अपेक्षा छ। भारतीय पक्षले आफ्ना व्यवसायी र दक्ष जनशक्तिले अमेरिकी अर्थतन्त्रमा पुर्‍याएको योगदानको विषय उठाउने तयारी गरेको छ।

रुबियो यसअघि मे महिनामा नयाँ दिल्ली पुगेर ‘क्वाड’ विदेशमन्त्रीहरूको बैठकमा सहभागी भएका थिए। यसपटक भने अस्ट्रेलियामा आयोजना गर्ने योजना बनाइएको क्वाड विदेशमन्त्रीहरूको बैठक रद्द भएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
२०८३ कार्तिक ३, मंगलबार
मासुको अत्यधिक सेवनले अपच, ग्यास्ट्रिक, छाती र पेट पोल्न सक्छ, यसरी बच्नुहोस्
२०८३ कार्तिक ३, मंगलबार
ब्रह्मायणीसम्म दौडाइयो खम्ये, जात्रा हेर्न हजारौँको भीड
२०८३ कार्तिक ३, मंगलबार
१७ वर्षीया सुत्केरी महिलाको हवाई उद्धार
२०८३ कार्तिक ३, मंगलबार
दुई दिनमा सशस्त्रले दियो एक हजारभन्दा बढीलाई निःशुल्क बस सेवा
२०८३ कार्तिक ३, मंगलबार
रसुवा र नुवाकोटका धार्मिक तथा पर्यटकीय क्षेत्र भ्रमणका लागि सुरक्षित
२०८३ कार्तिक ३, मंगलबार
काठमाडौँ महानगरपालिकाले कात्तिक १३ देखि तीनदिने फिल्म फेस्टिभल आयोजना गर्ने
२०८३ कार्तिक ३, मंगलबार