कार्तिक ३, २०८३ मंगलबार October 20, 2026

‘एनपिएल’का सबै खेलमा ‘डिआरएस’ लागू हुने, खेल समय हेरफेर

दैनिक दुई खेल हुने दिन पहिलो खेल दिउँसो १२ः३० बजे र दोस्रो खेल साँझ ५ः०० बजे सुरु हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डिआरएस) प्रयोग गरिने भएको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज प्रेस विज्ञप्ति जारी गर्दै प्रतियोगितामा उक्त प्रविधि लागू गर्ने जनाएको हो ।

डिआरएस लागू भएपछि एनपीएलको खेल समय फेरियो, दोस्रो खेल अब साँझ ५ बजेक्यानका अनुसार एनपिएल २०२६ को सबै खेलमा ‘डिआरएस’ प्रविधिको प्रयोग गरिनेछ । ‘डिआरएस’को प्रयोगले खेल प्रतियोगिताका क्रममा मैदानमा खटिने ‘अम्पायर’बाट हुने निर्णयलाई चुनौती दिन टोलीलाई अवसर दिनेछ । ‘अम्पायर’को निर्णयप्रति असहमति जनाउने टोलीले मागदाबीसहित सम्बन्धित ‘फुटेज’ हेर्न सक्ने छ ।

यसैबीच, ‘डिआरएस’ को व्यवस्थासँगै खेल समय पनि परिवर्तन गरिएको क्यानले जनाएको छ । आज सार्वजनिक गरिएको संशोधित तालिकाअनुसार दैनिक दुई खेल हुने दिन पहिलो खेल दिउँसो १२ः३० बजे र दोस्रो खेल साँझ ५ः०० बजे सुरु हुनेछ ।

एक खेल हुने दिन भने खेल साँझ ५ः०० बजे सुरु हुने क्यानले जनाएको छ ।

प्रतियोगिता यही कात्तिक ९ गतेदेखि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मुक्तिनाथ मन्दिरमा सर्वसाधारणलाई दशैँको टीका र जमरा लगाइदिने
२०८३ कार्तिक ३, मंगलबार
पूर्वराजा ज्ञानेन्द्र शाहले सादगीपूर्वक दसैँ मनाउने
२०८३ कार्तिक ३, मंगलबार
‘एनपिएल’का सबै खेलमा ‘डिआरएस’ लागू हुने, खेल समय हेरफेर
२०८३ कार्तिक ३, मंगलबार
दसैँले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ : सभामुख अर्याल
२०८३ कार्तिक ३, मंगलबार
बाबुराम भट्टराई भन्छन् : विपत्तिलाई बहाना बनाएर जलाशययुक्त आयोजना रोक्नु गलत
२०८३ कार्तिक ३, मंगलबार
गोकर्ण जङ्गलको वनदेवीमा दर्शनार्थीको लाम
२०८३ कार्तिक ३, मंगलबार
निजी भ्रमणका लागि हिमालयन दृश्य रिसोर्ट पुगे ओली र बागमतीका मुख्यमन्त्री
२०८३ कार्तिक ३, मंगलबार