कार्तिक ८, २०८३ आइतबार October 25, 2026

कांग्रेसका २३० केन्द्रीय सदस्यलाई कात्तिक १२ गते शपथ गराउने तयारी

वरिष्ठ उपसभापतिमा निर्वाचित विश्वप्रकाश शर्मा मुलुकबाहिर रहेकाले कार्यक्रमको मिति तय गर्न केही अन्योल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यलाई पद तथा गोपनीयताको शपथ गराउने र प्रमाणपत्र वितरण गर्ने तयारी गरिएको छ। निर्वाचन समितिले आगामी कात्तिक १२ गते कार्यक्रम गर्ने गरी तयारी अघि बढाएको हो।

महाधिवेशनबाट सभापतिमा निर्वाचित गगनकुमार थापाले असोज ३१ गते नै पद तथा गोपनीयताको शपथ लिइसकेका छन्। तर सभापति थापाबाहेक निर्वाचित अन्य पदाधिकारी तथा केन्द्रीय सदस्यले भने अहिलेसम्म शपथ लिन र निर्वाचित भएको प्रमाणपत्र प्राप्त गर्न बाँकी छ।

गत असोज १८ देखि २३ गतेसम्म सम्पन्न १५औँ महाधिवेशनबाट २३१ सदस्यीय केन्द्रीय समिति चयन भएको थियो। सभापति थापासहित निर्वाचित तथा निर्विरोध भएका केन्द्रीय समितिका २३० सदस्यले शपथ र प्रमाणपत्र प्राप्त गर्न बाँकी रहेको जनाइएको छ।

कांग्रेसको निर्वाचन समितिका सदस्यसचिव अधिवक्ता राजु कटुवालले कात्तिक १२ गते शपथ तथा प्रमाणपत्र वितरण कार्यक्रम गर्ने गरी तयारी भइरहेको जानकारी दिएका छन्। यद्यपि, कार्यक्रमको मिति भने निश्चित भइनसकेको उनले स्पष्ट पारे।

वरिष्ठ उपसभापतिमा निर्वाचित विश्वप्रकाश शर्मा मुलुकबाहिर रहेकाले कार्यक्रमको मिति तय गर्न केही अन्योल भएको कटुवालले बताए। शर्मा आइतबार स्वदेश फर्किएपछि कार्यक्रमको मिति निश्चित हुने उनको भनाइ छ।

निर्वाचन समितिले मिति निश्चित गरेपछि सभापतिबाहेकका पदाधिकारी र केन्द्रीय सदस्यले औपचारिक रूपमा पद तथा गोपनीयताको शपथ लिने र निर्वाचित भएको प्रमाणपत्र प्राप्त गर्नेछन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
असोजमा पाँच अर्ब ९२ करोड को विद्युत् निर्यात
२०८३ कार्तिक ८, आइतबार
मौसम पूर्वानुमानमा एआई प्रयोगदेखि नयाँ राडार जडानसम्म, सरकारका दुई श्वेतपत्र सार्वजनिक
२०८३ कार्तिक ८, आइतबार
युक्रेनले स्टारलिङ्कको सेवा सर्त उल्लङ्घन गरेको मस्कको आरोप
२०८३ कार्तिक ८, आइतबार
पशुमा पूर्ण खोप कार्यक्रम खोप अभियान : महामारीजन्य रोग नियन्त्रण गर्न प्रभावकारी
२०८३ कार्तिक ८, आइतबार
कांग्रेसका २३० केन्द्रीय सदस्यलाई कात्तिक १२ गते शपथ गराउने तयारी
२०८३ कार्तिक ८, आइतबार
Couple found dead in Dhanusha
२०८३ कार्तिक ८, आइतबार
मेसी मैदानमा उत्रिए पनि इन्टर मियामी पराजित, न्यूयोर्क रेड बुल्स २-० ले विजयी
२०८३ कार्तिक ८, आइतबार