कार्तिक ८, २०८३ आइतबार October 25, 2026

कोरियाली सीमा तनावबीच ‘कल अफ ड्युटी’ दक्षिण कोरियामा बिक्रीको शीर्ष स्थानमा

सैन्य आक्रमण गरेको कथावस्तु समेटिएको भिडियो गेम ‘कल अफ ड्युटीः मोडर्न वारफेयर ४’ दक्षिण कोरियामा सर्वाधिक बिक्री

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

सियोल, ८ कात्तिक (रासस/एएफपी): उत्तर कोरियाले दक्षिण कोरियामाथि व्यापक सैन्य आक्रमण गरेको कथावस्तु समेटिएको भिडियो गेम ‘कल अफ ड्युटीः मोडर्न वारफेयर ४’ दक्षिण कोरियामा सर्वाधिक बिक्री हुने गेम बनेको छ । वास्तविक जीवनमा दुई कोरियाबीचको सीमा तनाव बढिरहेका बेला सार्वजनिक भएको यो गेमले त्यहाँका खेलाडीको ध्यान खिचेको छ ।

शुक्रबार सार्वजनिक भएको लोकप्रिय ‘कल अफ ड्युटी’ शृङ्खलाको पछिल्लो संस्करण विश्वव्यापी तथा दक्षिण कोरियाली बिक्री सूचीमा शीर्ष स्थानमा पुगेको छ । पीसी गेमको प्रमुख डिजिटल वितरण प्लेटफर्म ‘स्टीम’ का अनुसार, गेमले दुवै बजारमा राम्रो प्रदर्शन गरेको छ ।

गेमको कथावस्तुमा अमेरिकी र रुसी तनावसँगै उत्तर कोरियाको सत्ता सङ्घर्ष र दक्षिण कोरियामाथिको आकस्मिक आक्रमणलाई प्रस्तुत गरिएको छ । कथाको सुरुआत उत्तर कोरियाली सेनाले प्याराट्रुपर र भूमिगत सुरुङ प्रयोग गरी दक्षिण कोरियाली तथा अमेरिकी सेनामाथि आक्रमण गरेपछि हुन्छ । खेलाडीले युवा अमेरिकी तथा दक्षिण कोरियाली सैनिक र उत्तर कोरियाका नयाँ नेतासहित विभिन्न पात्रको भूमिका निर्वाह गर्न सक्छन् ।

गेम सार्वजनिक हुनुअघि कोरियाली सैन्यविहीन क्षेत्र (डीएमजेड) मा भएको विस्फोटमा तीन दक्षिण कोरियाली सैनिक घाइते भएका थिए । यस घटनाले दुई देशबीचको तनाव थप बढाएको छ ।

दक्षिण कोरियामा अनिवार्य सैन्य सेवा गर्नुपर्ने व्यवस्थाका कारण पनि गेमको कथावस्तुले विशेष चासो जगाएको छ । सामाजिक सञ्जालमा केही खेलाडीले गेमको प्रशंसा गरेका छन् भने अरूले यसले सम्भावित युद्धको भयावह चित्र प्रस्तुत गरेको बताएका छन् ।

‘थ्रेड्स’ का एक प्रयोगकर्ताले गेम खेल्दा कोरियाली युद्धमा सहभागी आफ्ना हजुरबुबाको सम्झना आएको बताउनुभएको छ । अर्का प्रयोगकर्ताले उत्तर कोरियाले वास्तविक आक्रमण गरेमा दक्षिण कोरियाको सीमावर्ती क्षेत्र ग्याङवोन र राजधानी सियोलसमेत जोखिममा पर्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

यद्यपि, दुई कोरियाबीचको पीडादायी इतिहास र वर्तमान शत्रुतालाई मनोरञ्जनको विषय बनाइएको भन्दै गेमको आलोचना पनि भएको छ । ‘किम डे जुङ पिस सेन्टर’का अध्यक्ष किम सुङ–जेले यसले कोरियाली युद्धको त्रासदीलाई खेलका रूपमा प्रस्तुत गर्नु उपयुक्त हुन्छ कि हुँदैन भन्ने प्रश्न उठाएको बताउनुभएको छ ।

यसैबीच, उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमका अनुसार नेता किम जोङ उनले गत साता प्योङयाङमा आयोजित सैन्य बैठकमा आफ्नो सेनालाई विश्वकै सबैभन्दा शक्तिशाली बनाउन निर्देशन दिनुभएको छ ।

सन् १९५० देखि १९५३ सम्म चलेको कोरियाली युद्ध शान्ति सम्झौतामा नभई युद्धविराममा टुङ्गिएकाले दुई देश प्राविधिक रूपमा अझै युद्धको अवस्थामा छन् । दक्षिण कोरियामा उत्तर कोरियाको आणविक क्षमताबाट उत्पन्न जोखिमलाई नियन्त्रण गर्न अमेरिकाले करिब २८ हजार सैनिक तैनाथ गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कोरियाली सीमा तनावबीच ‘कल अफ ड्युटी’ दक्षिण कोरियामा बिक्रीको शीर्ष स्थानमा
२०८३ कार्तिक ८, आइतबार
President Paudel pays homage to Nawadurga on Kojagrat Poornima
२०८३ कार्तिक ८, आइतबार
तान्जानिया सरकारका आलोचक केन्यामा अपहरित
२०८३ कार्तिक ८, आइतबार
Dashain gala at Fewa lake, foreign tourists receive tika, jamara
२०८३ कार्तिक ८, आइतबार
राजनीतिकर्मीले राजनीति मात्रै होइन, अनुसन्धान पनि गर्नुपर्छ : बिजुक्छे
२०८३ कार्तिक ८, आइतबार
प्रदेशसभा र प्रदेश परिषद्को अवधारणाबाट संघीयता मजबुत बनाउँछौँ : मनिष झा
२०८३ कार्तिक ८, आइतबार
अनुकूलन कोषबाट नेपालका परियोजना स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि होः मन्त्री चौधरी
२०८३ कार्तिक ८, आइतबार