काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिनेश लाल श्रेष्ठले पदबाट राजीनामा दिएका छन्। कम्पनीको सञ्चालक समितिको बैठकले उनको राजीनामा स्वीकृत गरेको हो।
कम्पनीको कात्तिक ८ गते बसेको सञ्चालक समितिको २२३औँ बैठकले श्रेष्ठको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ। उनको राजीनामा २०८३ कात्तिक १० गतेदेखि लागू हुनेछ।
श्रेष्ठको राजीनामासँगै कम्पनीको नेतृत्वमा अर्को व्यवस्था नभएसम्मका लागि नायव प्रमुख कार्यकारी अधिकृत होमबहादुर श्रेष्ठलाई कायम मुकायम (कामु) प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको छ। कम्पनीले उनलाई अन्तरिम रूपमा नेतृत्व सम्हाल्ने जिम्मेवारी दिएको हो।
दिनेश लाल श्रेष्ठको राजीनामापछि कम्पनीको व्यवस्थापन अब कामु सीईओ होमबहादुर श्रेष्ठको नेतृत्वमा अघि बढ्नेछ। नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्त नहुँदासम्म उनले कम्पनीको कार्यकारी नेतृत्व सम्हाल्नेछन्।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया