काठमाडौँ। थरुहट मधेशका २२ र उपत्यकाका ३ सहित २५ जिल्लाका लागि ‘सम्पर्क व्यक्ति’ तोकिएको छ।
साेमबार बसेको हुंकार मधेशको केन्द्रीय सचिवालय बैठकले संगठन विस्तार र अभियानलाई थप प्रभावकारी बनाउने उद्देश्यले यी जिल्लाहरूका लागि सम्पर्क व्यक्तिहरू जिम्मेवारी बाँडफाँट गरेको हो।
यसअघि गत असोज ९ गते घोषणा भएको हुंकार मधेशले यसबीचमा केन्द्र तहमा सहजकर्ता, प्रवक्ता र २१ वटा विभिन्न विभागीय प्रमुखहरूको समेत घोषणा गरिसकेको छ।
संगठनका अनुसार आगामी मंसीरको पहिलो सातादेखि सञ्चालन हुने ‘हुंकार हुलाकी यात्रा’ को तयारीस्वरूप अहिले विभिन्न जिल्लाहरूमा अभियानमूलक तथा तिव्र तयारी बैठकहरू निरन्तर भइरहेका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया