कार्तिक ९, २०८३ सोमबार October 26, 2026

कांग्रेसको छवि सुधार्न प्रयत्नशील छौँः महामन्त्री पौडेल

जनताले अझै पनि कांग्रेसप्रति अपार माया र विश्वास रहेको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

दमौली (तनहुँ), ९ कात्तिकः नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको छवि सुधार्न आफूहरू प्रयत्नशील रहेको बताउनुभएको छ ।

नेपाली कांग्रेस म्याग्दे गाउँकार्य समितिले आज आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा उहाँले जनताले अझै पनि कांग्रेसप्रति अपार माया र विश्वास रहेको उल्लेख गर्नु्भयो ।

राष्ट्रिय जिम्मेवारीलाई बिर्सेर पार्टीकै मात्रै विषयमा अल्झिन नहुने धारणा व्यक्त गर्दै महामन्त्री पौडेलले पार्टीलाई एकताबद्ध बनाउँदै राष्ट्रिय जिम्मेवारी पूरा गर्ने विषयमा पनि उत्तिकै ध्यान दिनुपर्ने धारणा राख्नुभयो ।

कांग्रेसले निरन्तर रूपमा आफ्नो जिम्मेवारी पूरा गर्दै आएको बताउँदै उहाँले लोकतन्त्रप्रति जिम्मेवार पार्टीका रूपमा कांग्रेस रहेको जिकिर गर्नुभयो । जनताले कानुनी राज्यको अनुभूति गर्ने गरी सरकारले काम गर्नुपर्ने उहाँको भनाइ थियो ।

आगामी स्थानीय र प्रदेश निर्वाचनमा गठबन्धन नगर्ने स्पष्ट पार्दै पौडेलले आफूहरूलाई सत्ताको लोभ नरहेको बताउनुभयो । जनतामा देखिएको असन्तुष्टिलाई सम्बोधन गर्नुपर्नेमा जोड दिँदै उहाँले जनताको विश्वास कायम राख्न पार्टीले आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा पूरा गर्र्ने धारणा व्यक्त गर्नुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
केशव झाको हुंकार मधेशले २५ जिल्लामा तोक्यो सम्पर्क व्यक्ति
२०८३ कार्तिक ९, सोमबार
कांग्रेसको छवि सुधार्न प्रयत्नशील छौँः महामन्त्री पौडेल
२०८३ कार्तिक ९, सोमबार
डीआर कङ्गोमा इबोला खोपको परीक्षण सुरु
२०८३ कार्तिक ९, सोमबार
कांग्रेसले गुमेको विश्वास फर्काउन घरदैलोमा जानुपर्छ : सभापति थापा
२०८३ कार्तिक ९, सोमबार
तिहारमा रु दश लाखको सयपत्री फूल बेच्ने लक्ष्य
२०८३ कार्तिक ९, सोमबार
नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर जागिर खाने शिक्षकविरुद्ध मुद्दा दायर
२०८३ कार्तिक ९, सोमबार
चलचित्र विकास बोर्डका अध्यक्ष पण्डितले सम्हाले कार्यभार
२०८३ कार्तिक ९, सोमबार