काठमाडौँ । नेपालका लागि भारतीय कार्यवाहक राजदूत तथा काठमाडौंस्थित भारतीय दूतावासका डेपुटी चिफ अफ मिसन (डीसीएम) डा. राकेश पाण्डेले परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ता गरेका छन्।
पाण्डे परराष्ट्रमन्त्री खनाललाई भेट्न सिंहदरबारस्थित परराष्ट्र मन्त्रालय पुगेका हुन्। भेटवार्ताका क्रममा नेपाल–भारत द्विपक्षीय सम्बन्ध, आपसी सहकार्य तथा समसामयिक विषयमा छलफल भएको जनाइएको छ।
भेटमा दुई देशबीच रहँदै आएको सम्बन्धलाई थप सुदृढ बनाउने तथा पारस्परिक हित र सहकार्यका विषयमा विचारविमर्श भएको बताइएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया