कार्तिक ११, २०८३ बुधबार October 28, 2026

नाइजेरियामा बन्दुकधारीको आक्रमणमा कम्तीमा ६२ जनाको मृत्यु

आक्रमणकारीहरूले सर्वसाधारणलाई लखेट्दै नदीतर्फ धकेलेका कारण धेरै मानिस नदीमा पुगेको आशंका

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

अबुजा, १० कात्तिक (रासस/एपी): नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा बन्दुकधारीहरूले गरेको आक्रमणमा कम्तीमा ६२ जनाको मृत्यु भएको छ भने अन्य ५२ जना घाइते भएका छन् । घटनापछि हजारौँ मानिस विस्थापित भएको देशको राष्ट्रिय आपतकालीन व्यवस्थापन निकायले मङ्गलबार जनाएको छ ।

निकायका राज्य प्रमुख लादान आयुबाका अनुसार फिरौतीका लागि अपहरण र अन्य आपराधिक गतिविधिमा सङ्लग्न ‘ब्यान्डिट’ भनिने समूहले शुक्रबार ताराबा राज्यको करिम–लामिडो स्थानीय सरकारी क्षेत्रअन्तर्गत पर्ने बिनारी समुदायमा आक्रमण गरेका थिए ।

राष्ट्रिय आपतकालीन व्यवस्थापन निकायका अधिकारीले हालसम्म ५२ वटा शव फेला परेको जनाएका छन् । तीमध्ये १५ वटा शव बेनुए नदीबाट निकालिएका हुन् ।

ताराबा प्रहरीका प्रवक्ता भिक्टर म्शेलिजाका अनुसार मृतकको सङ्ख्या अझै बढ्न सक्छ । घटनास्थलमा खोजी तथा उद्धार कार्य जारी रहेको उहाँले बताउनुभयो ।

“हाम्रा टोलीहरू अझै घटनास्थलमा खटिएका छन् । थप शव फेला पर्दै जाँदा मृतकको सङ्ख्यामा समावेश गर्दै जानेछौँ,” उहाँले एसोसिएटेड प्रेस (एपी) लाई बताउनुभयो ।

एम्नेस्टी इन्टरनेसनल नाइजेरियाका निर्देशक इसा सानुसीका अनुसार आक्रमणकारीबाट बच्न भागेका मानिसहरू नदीमा हामफाल्न बाध्य भएका थिए । आक्रमणकारीहरूले सर्वसाधारणलाई लखेट्दै नदीतर्फ धकेलेका कारण धेरै मानिस नदीमा पुगेको उहाँले बताउनुभयो ।

नाइजेरिया पछिल्लो समय गम्भीर सुरक्षा सङ्कटसँग जुधिरहेको छ । देशका विभिन्न क्षेत्रमा सक्रिय आपराधिक समूहहरूले फिरौतीका लागि सामूहिक अपहरण गर्ने र अवैध खानी क्षेत्रहरूमा नियन्त्रण कायम गर्ने गरेका छन् ।

यसका अतिरिक्त बोको हराम र इस्लामिक स्टेट वेस्ट अफ्रिका प्रोभिन्सजस्ता इस्लामवादी सशस्त्र समूहले पनि सर्वसाधारणलाई लक्षित गरी आक्रमण गर्दै आएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
PM Balendra Shah Visits Rabi Lamichhane’s Residence for Lengthy Talks
२०८३ कार्तिक ११, बुधबार
दीपेन्द्रको विस्फोटक अर्धशतकमा सुदूरपश्चिम रोयल्सको पहिलो जित
२०८३ कार्तिक ११, बुधबार
एन्फा घोटाला प्रकरण : अध्यक्ष र महासचिवलाई जनही ५ लाख धरौटीमा छाड्न आदेश
२०८३ कार्तिक ११, बुधबार
शिक्षामन्त्री पोखरेलसँग स्वीट्जरल्याण्डका राजदूत ड्यानीएलको शिष्टाचार भेट
२०८३ कार्तिक ११, बुधबार
मङ्गलसेन–ग्रामीण सडकको ठेक्का तोडियो
२०८३ कार्तिक ११, बुधबार
सरकार बेलगाम फाँसीवादतर्फ अग्रसर भइरहेको अध्यक्ष ओलीको गम्भीर आरोप
२०८३ कार्तिक ११, बुधबार
नाइजेरियामा बन्दुकधारीको आक्रमणमा कम्तीमा ६२ जनाको मृत्यु
२०८३ कार्तिक ११, बुधबार