कार्तिक १२, २०८३ बिहिबार October 29, 2026

कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ, चार जनाको रोकियो

कांग्रेसको नयाँ कार्यसमितिले सम्हाल्यो आफ्नो जिम्मेवारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूले शपथ ग्रहण गरेका छन्। ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बिहीबार आयोजित समारोहमा सभापति गगनकुमार थापाले नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई शपथ गराएका हुन्।

शपथ ग्रहण समारोहलगत्तै नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई प्रमाणपत्रसमेत वितरण गरिएको छ। सभापति थापाले भने यसअघि नै फूलपातीका दिन शपथ ग्रहण गरी पदबहाली गरिसकेका थिए।

यसैबीच, नवनिर्वाचित चार जना केन्द्रीय सदस्यको शपथ ग्रहण रोकिएको छ। अदालतमा मुद्दा विचाराधीन रहेको कारण देखाउँदै सन्तोष चालिसे, विनिता खड्का, मोहन बस्नेत र उमेशचन्द्र यादवलाई शपथ नगराइएको हो।

गत असोज १८ देखि २३ गतेसम्म काठमाडौंको खुलामञ्चमा सम्पन्न पार्टीको १५औँ महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति निर्वाचित भएको थियो। महाधिवेशनले वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मालाई निर्वाचित गरेको थियो।

त्यस्तै, खुला उपसभापतिमा डा. चन्द्रकान्त भण्डारी र इन्जिनियर मधु आचार्य, महिला उपसभापतिमा पुष्पा भुसाल तथा समावेशी उपसभापतिमा विनोद चौधरी निर्वाचित भएका थिए।

महामन्त्रीमा प्रदीप पौडेल, उदयशमशेर जबरा र डा. डिला संग्रौला (पन्त) निर्वाचित भएका थिए। महाधिवेशनबाट विभिन्न समावेशी तथा अन्य क्लस्टरबाट ११ जना सहमहामन्त्रीसमेत चयन भएका छन्।

नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहणसँगै कांग्रेसको नयाँ केन्द्रीय कार्यसमितिले औपचारिक रूपमा आफ्नो जिम्मेवारी अघि बढाउने प्रक्रिया थप अगाडि बढाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेसले तिहारपछि केन्द्रीय सदस्यसँग कार्ययोजना माग्ने, चार महिनामा प्रगति समीक्षा गर्ने
२०८३ कार्तिक १२, बिहिबार
सेयर बजारमा हरियाली, नेप्से र कारोबार दुवै बढ्यो
२०८३ कार्तिक १२, बिहिबार
प्रेस स्वतन्त्रता अक्षुण्ण राख्दै आमसञ्चार क्षेत्रलाई व्यवस्थित बनाउनुपर्छः सञ्चारमन्त्री डा. तिमिल्सिना
२०८३ कार्तिक १२, बिहिबार
सरकारी कामकाजको भाषासम्बन्धी विधेयक हिउँदे अधिवेशनमा पेश गर्ने तयारी
२०८३ कार्तिक १२, बिहिबार
प्रधानसेनापति सिग्देल र अमेरिकी कार्यवाहक राजदूत बोल्डेनबीच भेटवार्ता
२०८३ कार्तिक १२, बिहिबार
इजरायलमा नेतान्याहु पक्षलाई ५३ सिट
२०८३ कार्तिक १२, बिहिबार
विश्वविद्यालयको सङ्ख्या होइन, गुणस्तरीय शिक्षा महत्त्वपूर्ण : शिक्षामन्त्री पोखरेल
२०८३ कार्तिक १२, बिहिबार