कार्तिक १३, २०८३ शुक्रबार October 30, 2026

‘अर्नब’को प्रभावः कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको यात्रा प्रभावित

लुम्बासुम्बा हुँदै मकालु आधार शिविरतर्फ जाने विदेशी पर्यटकको टोली ओलाङचुङगोलामै रोकिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

ताप्लेजुङ, १३ कात्तिकः बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ का कारण हिमाली क्षेत्रको मौसम प्रतिकूल भएपछि कञ्चनजङ्घा क्षेत्रको भ्रमणमा निस्किएका २५० आन्तरिक तथा बाह्य पर्यटक बीचबाटोमा रोकिएका छन् ।

उच्च भेगमा हिमपात र तल्लो क्षेत्रमा सिमसिम पानीसँगै चिसो बढेपछि बेसक्याम्पतर्फ जाँदै गरेका र फर्किंदै गरेका पर्यटक गन्तव्यसम्म पुग्न नसकी बीचबाटोमै पर्ने होटल तथा बस्तीहरूमा रोकिनुपरेको हो । बस्तीहरूका होटल पर्यटकले भरिएका छन् ।

कञ्चनजङ्घा बेसक्याम्पतर्फ भ्रमणमा गएका फोटो पत्रकार राजीव लिम्बूका अनुसार घुन्सा क्षेत्रका सबै होटल आन्तरिक तथा बाह्य पर्यटकले खचाखच भरिएका छन् । उहाँको टोली नै दुई दिनदेखि त्यही रोकिनुपरेको छ । पदमार्गका फलेका होटलसमेत पर्यटकले भरिएको भ्रमणमा रहनुभएका पाँचथरका पत्रकार गिरीराज बाँस्कोटाले जानकारी दिनुभयो । त्यस क्षेत्रमा सिमसिम पानी परिरहेको छ, चिसो बढेको छ भने उच्च भेगका डाँडामा हिमपात भएको छ ।

हिमपातका कारण कञ्चनजङ्घा आधारशिविर जाने पर्यटक प्रभावितकञ्चनजङ्घाको उत्तरी आधार शिविरतर्फ जाने पदमार्गमा पर्ने इटालीटार, लामाटार, अम्जिलेसा, थाङ्गीम, ग्याब्ला, फले, घुन्सा, खम्बाचेन र लोनाकलगायतका बस्ती तथा दक्षिणी आधार शिविरतर्फका याम्फुदिन, नयाँ झोरेनी, तोरोङ्देन, सेराम र राम्जेलगायतका स्थानमा रहेका होटलहरूमा पर्यटकको चाप बढेको छ ।

यसैगरी, लुम्बासुम्बा हुँदै मकालु आधार शिविरतर्फ जाने विदेशी पर्यटकको टोली ओलाङचुङगोलामै रोकिएको छ । फक्ताङलुङ गाउँपालिका–७, ओलाङचुङगोलामा रहेको ऐतिहासिक दिकीछ्योर्लिङ गुम्बालगायत क्षेत्रको अध्ययन तथा अनुसन्धानका लागि पुगेको सराफ फाउन्डेसनको टोलीसँगै रहनुभएका पर्यटन अभियन्ता हेमराज निरौलाका अनुसार स्वदेशी तथा विदेशी गरी करिब ६० जना पर्यटक अहिले ओलाङचुङगोलामै छन् र उनीहरू त्यहीँका होटलहरूमा बसेका छन् । आधाजसो लुम्बासुम्बा हुँदै मकालु आधार शिविरतर्फ जाने पर्यटक छन् । ओलाङचुङगोला हुँदै सिङ्जेसम्म पुग्ने उद्देश्यले गएका आन्तरिक पर्यटकसमेत मौसम प्रतिकूल भएपछि त्यहीँ रोकिएका छन् ।

मौसम प्रतिकूल भएपछि सीमा सुरक्षार्थ खटिएको सशस्त्र प्रहरी र स्थानीय वडा कार्यालयले मौसममा सुधार नआएसम्म सुरक्षित स्थानमा रहन सूचना जारी गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालले प्रतिकूल मौसमका कारण जिल्लाका कुनै पनि विपद्जन्य घटना भएको छैन । उहाँका अनुसार स्वदेशी तथा विदेशी गरी २५० पर्यटक कञ्चनजङ्घा क्षेत्रमा रहेका छन् । उनिहरु त्यस क्षेत्रका बस्ती, होटलमा छन् । ओलाङचुङगोला, घुन्सा र याम्फुदिनलगायतका क्षेत्रमा पर्यटकको सङ्ख्या बढी छ ।

पर्यटकलाई सुरक्षित रहन तथा मौसमको अवस्था राम्ररी बुझेर मात्र यात्रा गर्न सचेत गराइएको र सुरक्षा निकाय तथा स्थानीय तहसँग समन्वय गरी आवश्यक सतर्कता अपनाइएको प्रजिअ दाहालले जानकारी दिनुभयो । स्थानीय सर्वसाधारण नागरिकलाई समेत सचेत गराइएको उहाँले बताउनुभयो । बिहीबार दिनभर ताप्लेजुङको आकाश धुम्मिएको थियो । गए रातिदेखि वर्षा जारी छ । उच्च क्षेत्रमा हिउँ पनि परेको छ  । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अण्डाको होलसेल मूल्य बढ्यो, उपभोक्ता मूल्य यथावत
२०८३ कार्तिक १३, शुक्रबार
काठमाडौंका यी स्थानमा आज साढे पाँच घण्टा लोडसेडिङ्ग
२०८३ कार्तिक १३, शुक्रबार
ब्राजिलमा लुलाको पुनरागमन, चुनावी नतिजालाई लिएर ट्रम्पको आलोचना
२०८३ कार्तिक १३, शुक्रबार
Nepal comes up with four proposals for dealing with mountain crises, 53 nations back them
२०८३ कार्तिक १३, शुक्रबार
काठमाडौं उपत्यकामा मासु पसल र बधशालाको मापदण्ड लागू गर्न कार्यदल परिचालन
२०८३ कार्तिक १३, शुक्रबार
नेपाल र बङ्गलादेशको एलडिसी स्तरोन्नतिको तयारी अवधि थप
२०८३ कार्तिक १३, शुक्रबार
सुनको मूल्यमा ठूलो गिरावट, चाँदी पनि तोलामा १०५ रुपैयाँले सस्तियो
२०८३ कार्तिक १३, शुक्रबार