काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर र बानेश्वर वितरण केन्द्रअन्तर्गतका विद्युतीय वितरण लाइन भूमिगत गर्ने कार्यका लागि आज काठमाडौँका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द हुने बताएको छ ।
प्राधिकरणका अनुसार बाफल फिडरअन्तर्गतका क्षेत्रमा आज बिहान १०:३० बजेदेखि दिउँसो ४:०० बजेसम्म अर्थात् साढे पाँच घण्टा बत्ती जानेछ। सो समयमा कलङ्की रिङरोडदेखि स्युचाटार सब-स्टेसनसम्मका क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध हुनेछ।
तोकिएको कार्य समयअगावै सम्पन्न भएमा निर्धारित समयभन्दा अघि नै विद्युत् आपूर्ति सुचारु हुन सक्नेछ भने मौसम प्रतिकूल रहेमा तालिका परिवर्तन वा रद्द हुनसक्ने प्राधिकरणले जनाएको छ।
साढे पाँच घण्टासम्म विद्युत् सेवा प्रभावित हुने भएकाले सर्वसाधारण तथा उपभोक्तामा पर्न जाने असुविधाप्रति नेपाल विद्युत् प्राधिकरणले क्षमाप्रार्थी रहेको जनाएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया