कार्तिक १४, २०८३ शनिबार October 31, 2026

एनपीएलमा सुदूरपश्चिम र विराटनगरबीच पाँच-पाँच ओभरको खेल हुने

संशोधित तालिकाअनुसार साँझ ७ बजेर २५ मिनेटमा टस र ७ बजेर ४१ मिनेटमा खेल सुरु गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीचको वर्षाले प्रभावित खेल पाँच–पाँच ओभरमा सीमित गरिएको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा वर्षाका कारण प्रभावित खेल सञ्चालनका लागि मैदान तयार पारिएपछि अम्पायरहरूले दुवै टोलीलाई पाँच-पाँच ओभर खेलाउने निर्णय गरेका हुन्।

मैदानका कर्मचारीले वर्षापछि खेल सञ्चालनयोग्य बनाउन निरन्तर काम गरेका थिए। त्यसपछि अम्पायरहरूले मैदानको निरीक्षण गरी छोट्याइएको खेल सञ्चालन गर्ने निर्णय लिएका हुन्।

संशोधित तालिकाअनुसार साँझ ७ बजेर २५ मिनेटमा टस र ७ बजेर ४१ मिनेटमा खेल सुरु गर्ने समय निर्धारण गरिएको छ।

खेल सञ्चालनका लागि मैदानको रेडबुल जोनतर्फको बाउन्ड्री छोट्याइएको छ। त्यस्तै, स्कोरबोर्डतर्फ रहेको दोस्रो विकेटमा खेल खेलाउने तयारी गरिएको छ।

पाँच ओभरमा सीमित खेलमा ब्याटिङ गर्ने टोलीले सुरुदेखि नै आक्रामक प्रदर्शन गर्न सक्ने भए पनि पिचको अवस्थाले खेलमा पार्ने प्रभाव खेल सुरु भएपछि मात्र स्पष्ट हुनेछ।

यसअघि शनिबार नै तय भएको लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल वर्षाका कारण टससमेत नभई रद्द भएको थियो। दुवै टोलीले एक-एक अंक बाँडेका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया