कार्तिक १४, २०८३ शनिबार October 31, 2026

कराँते तथा मुआथाई जिल्ला स्तरीय प्रतियोगिता लेखनाथमा सुरु

लेखनाथमा जिल्ला स्तरीय कराँते तथा मुआथाई प्रतियोगिता, २५ देखि ५५ केजी तौल समूहमा प्रतिस्पर्धा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

लेखनाथ । खेलकुदको विकास, खेलाडीको प्रतिभा पहिचान तथा कराँते खेलप्रतिको आकर्षण बढाउने उद्देश्यले छैटौँ लेखनाथ कप तथा ११औँ क्योकुशिन कान फुलकन्ट्याक कराँते तथा मुआथाई जिल्ला स्तरीय प्रतियोगिता शनिबारदेखि लेखनाथमा सुरु भएको छ ।

दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा २५ देखि ५५ केजीसम्मका विभिन्न तौल समूहमा करिब २०० खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगितामा पुरुष तथा महिलाका छुट्टाछुट्टै समूहमा खेल सञ्चालन हुने आयोजकले जनाएको छ ।

नेपाल क्योकुशिन कान कराँते लेखनाथका डोजो प्रमुख सुवास खड्काको अध्यक्षतामा भएको प्रतियोगिताको उद्घाटन समारोहमा प्रमुख अतिथिका रूपमा बोल्दै पोखरा महानगरपालिका वडा नं. ३० का वडाध्यक्ष दुर्गाप्रसाद सुवेदीले शारीरिक तथा मानसिक स्वास्थ्यका लागि खेलकुद महत्वपूर्ण रहेको बताए ।

त्यसैगरी पोखरा महानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष दीपकबहादुर गोदारले पढाइसँगै खेलकुदलाई पनि प्राथमिकता दिन खेलाडीलाई आग्रह गरे। खेलकुदले विद्यार्थीको शारीरिक विकाससँगै अनुशासन, धैर्य, आत्मविश्वास र प्रतिस्पर्धात्मक क्षमताको विकास गर्ने भएकाले खेल क्षेत्रमा निरन्तर लाग्नुपर्ने बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया