कार्तिक १५, २०८३ आइतबार November 1, 2026

देशभर ४३ विपद्का घटना, १३ जना घाइते

अविरल वर्षाका सात, आगलागी र बाढीका पाँच-पाँच, सर्पदंश र जनावरको आक्रमणका चार-चार तथा हिमपातको एउटा घटना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं। देशभर पछिल्लो केही दिनमा भएका ४३ वटा विपद्का घटनामा परी १३ जना घाइते भएका छन्। ती घटनाबाट तीन चौपायामा क्षति पुग्नुका साथै रु नौ लाख ४० हजार बराबरको आर्थिक क्षति भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार देशका विभिन्न स्थानमा सर्पदंश, आगलागी, बाढी, पहिरो, अविरल वर्षा, हिमपात र जनावरको आक्रमणका घटना भएका हुन्।

प्राधिकरणका प्रवक्ता एवं उपसचिव रामबहादुर केसीका अनुसार सबैभन्दा बढी पहिरोका १७ घटना भएका छन्। त्यस्तै अविरल वर्षाका सात, आगलागी र बाढीका पाँच-पाँच, सर्पदंश र जनावरको आक्रमणका चार-चार तथा हिमपातको एउटा घटना भएका उनले जानकारी दिए।

विपद्मा परी घाइते भएकामध्ये केहीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने केहीलाई थप उपचारका लागि अन्य जिल्लाका अस्पतालमा पठाइएको प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार प्रभावित क्षेत्रमा उद्धार, राहत तथा व्यवस्थापनका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको छ। विपद्का घटनाबाट भएको जनधनको क्षतिको थप विवरण सङ्कलन गर्ने कार्यसमेत जारी छ।

प्राधिकरणले सम्भावित विपद्को जोखिमबाट बच्न अनावश्यक जोखिम नलिन, आधिकारिक निकायबाट जारी सूचना तथा निर्देशन पालना गर्न र आवश्यक पूर्वतयारीमा रहन सर्वसाधारणलाई आग्रह गरेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एनपीएलमा जनकपुरको दोस्रो जित, पोखरा ९ रनले पराजित
२०८३ कार्तिक १५, आइतबार
एनपिएल : जनकपुरद्वारा पोखरासामु १४८ रनको लक्ष्य प्रस्तुत
२०८३ कार्तिक १५, आइतबार
प्रधानमन्त्री शाहको चेतावनीपूर्ण अभिव्यक्ति : ‘सही समय आएपछि सबैको गलत समय आउँछ’
२०८३ कार्तिक १५, आइतबार
देशभर ४३ विपद्का घटना, १३ जना घाइते
२०८३ कार्तिक १५, आइतबार
कोशी प्रदेश प्रमुख खापुङको कार्यकाल पूरा, मुख्यमन्त्रीसँग गरे विदाइ भेट
२०८३ कार्तिक १५, आइतबार
रास्वपाले ‘क्यान्डिडेट क्लब’मार्फत स्थानीय तहका उम्मेदवार छान्ने
२०८३ कार्तिक १५, आइतबार
इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्न बाँकी छ : ट्रम्प
२०८३ कार्तिक १५, आइतबार