कार्तिक १६, २०८३ सोमबार November 2, 2026

वैदिक विश्वविद्यालयको आवश्यकतामा जोड

गजेन्द्रमोक्षधाममा आगामी मङ्सिर १ गतेदेखि २९ गतेसम्म गजेन्द्रमोक्ष नारायण वैभव विराट महायज्ञ २०८३ आयोजना हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, १६ कात्तिकः ऋषिमुनिको तपोभूमि नेपालमा वैदिक विश्वविद्यालय स्थापनाको सङ्कल्प सान्दर्भिक भएकाले कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिइएको छ ।

श्री गजेन्द्रमोक्ष वैदिक विश्वविद्यालय स्थापनाका लागि नवलपरासीस्थित गजेन्द्रमोक्षधाममा आगामी मङ्सिर १ गतेदेखि २९ गतेसम्म गजेन्द्रमोक्ष नारायण वैभव विराट महायज्ञ २०८३ आयोजना गर्न लागिएको आइतबार यहाँ आयोजित कार्यक्रममा जानकारी गराइयो । कार्यक्रमका वक्ताले वैदिक मन्त्र द्रष्टा ऋषिमुनिको तपस्थली नेपालमा वैदिक विश्वविद्यालय स्थापना गर्नु आवश्यक रहेकामा जोड दिएका हुन् ।

महायज्ञ सम्पादन मूल समिति, आयोजना गरेको कार्यक्रममा सांसद सुशील खड्काले राष्ट्रको जग संस्कृति र त्यसको मूल सनातन परम्परा भएकाले यसको पुनर्जागरणका लागि वैदिक विश्वविद्यालयको आवश्यकता रहेकामा जोड दिनुभयो । वैदिक विश्वविद्यालय अन्य विश्वविद्यालयभन्दा विशिष्टीकृत हुने उहाँको भनाइ थियो ।

वैदिक विश्वविद्यालयका सङ्कल्पकर्ता स्वामी कमलनयनाचार्य (मुक्तिनाथ बाबा)ले वैदिक ज्ञानका सवालमा नेपाल विश्वकै गुरु देश बन्न सक्ने प्रशस्त आधार रहेकाले नेपालमा वैदिक विश्वविद्यालय आवश्यक भएकैले स्थापनाको सङ्कल्प गरिएको जानकारी दिनुभयो ।

विश्वविद्यालय स्थापनाका लागि नवलपरासीको गैँडाकोटमा आनन्दराज भण्डारीले रु एक करोडबराबरको जग्गा दान गर्नुभएको भन्दै स्वामी कमलनयानाचार्यले सम्मान गर्नुभएको थियो । महायज्ञ सम्पन्न गर्न १००८ सदस्यीय समिति गठन गरिएको जानकारी दिनुहुँदै उहाँले ५१ जनाको सचिवालयले निरन्तर काम गरिररहेको बताउनुभयो ।

पूर्वमुख्यसचिव वैकुण्ठ अर्यालले वेदको शिक्षा दिन वैदिक विश्वविद्यालय आवश्यक रहेको बताउनुभयो । वैदिक विश्वविद्यालयले सबैलाई सकारात्मक सोचतिर अभिप्रेरित गर्ने पनि उहाँको भनाइ थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका पूर्वसचिव गणेशप्रसाद पाण्डेयले अध्यात्मको प्रवर्द्धनमा वैदिक विश्वविद्यालय उपयुक्त माध्यम हुने विचार राख्नुभयो । ऋषिमुनिको तपोभूमिको महत्वलाई स्थापित गर्न पनि वैदिक विश्वविद्यालय आवश्यक रहेको उहाँको भनाइ थियो ।

कार्यक्रममा वाग्मती सफाइ अभियानकर्मी डा माला खरेल, चलचित्र निर्माता एवं वाग्मती सफाइ अभियानकर्मी चक्रबहादुर चन्द, गायत्री परिवारका अध्यक्ष सावित्री काफ्ले, इन्जिनियर ईश्वरलाल जोशीलगायतले नेपालको प्राचीन, ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्वलाई विश्वभर फैलाउन पनि वैदिक विश्वविद्यालय अत्यावश्यक रहेकामा जोड दिएका थिए ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अमेरिकी मध्यावधि चुनाव : ट्रम्पप्रतिको असन्तुष्टि र महँगी चुनावी मुद्दा बन्दा डेमोक्रेटलाई फाइदा
२०८३ कार्तिक १६, सोमबार
गाँजा तस्करीमा संलग्न पाँच जना पक्राउ, दुई राउन्ड हवाई फायरपछि नियन्त्रणमा
२०८३ कार्तिक १६, सोमबार
पाउद्वार–खोप्रा पदमार्ग श्रमदानबाट मर्मत
२०८३ कार्तिक १६, सोमबार
विपद् प्रभावित जलजलामा क्षतिको विवरण सङ्कलन र मूल्याङ्कन अन्तिम चरणमा
२०८३ कार्तिक १६, सोमबार
गाउँपालिका महासंघकी अध्यक्ष पाण्डे अन्तर्राष्ट्रिय संगठनको अध्यक्षमा निर्वाचित
२०८३ कार्तिक १६, सोमबार
नेतान्याहुलाई इजरायलमा नयाँ सरकार बनाउन र विश्वासको मत पाउन कठिन
२०८३ कार्तिक १६, सोमबार
मलेखु-मुग्लिङ सडकखण्ड आज तीन घण्टा बन्द
२०८३ कार्तिक १६, सोमबार