कार्तिक १७, २०८३ मंगलबार November 3, 2026

स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षा समावेश

रक्तदानको आबश्यकता, महत्व र मानवीयताका दृष्ट्रिले स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षा समेटीएको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

चितवन, १५ कात्तिकः भरतपुर महानगरपालिकाले तयार गरेको स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षालाई समावेश गरेको छ । नेपालमै पहिलोपटक रक्तदान शिक्षालाई पाठ्यक्रममा समावेश गरिएको महानगरले जनाएको छ ।

महानगरपालिकाले कक्षा ६ देखि ८ सम्म अध्ययन गर्ने बालबालिकाका लागि तयार पारेको स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षालाई समावेश गरेको हो ।

महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखा प्रमुख सुवासचन्द्र आचार्यका अनुसार महानगरले तयार गरेको स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षा समावेश गरिएको हो । चितवनमा धेरैजसो रगतको अभाव हुने भएकाले रक्तदान गर्न प्रेरणा दिनेगरी विपद् भन्ने पाठ्य क्षेत्रमा रक्तदानलाई समेटिएको उहाँले जानकारी दिनुभयो । बालबालिकामा मानवता, सेवाभाव र रक्तदानप्रतिको सकारात्मक सोच विकास गर्न यो शिक्षा महत्वपूर्ण हुने प्रमुख आचार्यले बताउनुभयो ।

भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले रक्तदानको आबश्यकता, महत्व र मानवीयताका दृष्ट्रिले स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षा समेटीएको बताउनुभयो । चिकित्सक र शिक्षाविद्को परामर्शका माध्यमबाट पाठ्यक्रममा स्थान दिइएको उहाँले जानकारी दिनुभयो ।

भरतपुरमा सङ्घीय अस्पताल भरतपुर अस्पताल, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, दुई ठूला मेडिकल कलेज, २० भन्दाबढी निजी अस्पताल छन् । यहाँ क्यान्सर, प्रसूति र दुर्घटनाका बिरामीलाई धेरै रगत आवश्यकपर्ने गर्दछ । वर्षभरी नै रगतको अभाव हुने भएपछि रक्तदानका लागि उत्प्रेरणा गर्न स्थानीय पाठ्यक्रममा नै यसको महत्व समावेश गरिएको कार्यवाहक प्रमुख अधिकारीले बताउनुभयो ।

जिल्लामा दैनिक १५० युनिट हाराहारी रगत माग हुने गरेको छ । रगत अभावका कारण बिरामीले रक्तदाता खोजेर रगत सङ्कलन गर्नुपर्ने बाध्यता हुने गरेको छ । महानगरपालिकाभित्र सामुदायिक विद्यालय १११ वटा र संस्थागत विद्यालय ९७ वटा रहेका छन् । ती विद्यालयमध्ये निम्न माध्यमिक तह अध्ययन गराउने सामुदायिकतर्फ ७४ र संस्थागततर्फ ८० वटा विद्यालय रहेको उहाँले जानकारी दिनुभयो । विद्यालयका निम्न माध्यमिक तहमा अध्ययन गर्ने २५ हजारभन्दा बढी विद्यार्थी छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गृहमन्त्रीविरुद्धको स्टाटस प्रकरण : नेकपा नेता पोखराबाट पक्राउ, गोरखा पठाइयो
२०८३ कार्तिक १७, मंगलबार
मौसम खुलेसँगै धान थन्क्याउन व्यस्त छन् भोजपुरका किसान
२०८३ कार्तिक १७, मंगलबार
आजको मौसम : पश्चिमी वायुको प्रभाव, पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षाको सम्भावना
२०८३ कार्तिक १७, मंगलबार
मालपोतका कर्मचारीविरुद्ध मुद्दा दायर
२०८३ कार्तिक १७, मंगलबार
बुटवललाई आर्थिक राजधानीका रूपमा विकास गरौँ : महासचिव पोखरेल
२०८३ कार्तिक १७, मंगलबार
जुम्लामा नेकपाको जागरण अभियान सुरु
२०८३ कार्तिक १७, मंगलबार
बागलुङमा ९९.३६ प्रतिशत किशोरीले लगाए एचपीभी खोप
२०८३ कार्तिक १७, मंगलबार