काठमाडौं । नेपाली कांग्रेस १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको विवरण अद्यावधिकका लागि निर्वाचन आयोग गएको छ ।
मंसिर अन्तिम साता सम्पन्न महाधिवेशनबाट निर्वाचन केन्द्रीय कार्यसमितिको विवरण अद्यावधिकका लागि महामन्त्री प्रदीप पौडेलसहितको टोली सोमबार निर्वाचन आयोग गएको हो ।
महामन्त्री पौडेलले आयोगका सचिव कृष्णप्रसाद काप्रीलाई राजनीतिक दल सम्बन्धी ऐनको दफा ५१ अनुसार केन्द्रीय कार्यसमितिको विवरण बुझाएका छन् ।
उक्त विवरणसँगै पार्टीको विधान संशोधनसम्बन्धी विवरण, महाधिवेशनबाट पारित समसामयिक राजनीतिक दस्तावेज र महाधिवेशनको निर्णय पनि बुझाइएको छ ।
गत बिहीबार शपथ ग्रहण समारोहपछि बसेको केन्द्रीय कार्यसमिति बैठकले महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको विवरण अद्यावधिकको जिम्मा कार्यवाहक मुख्य सचिव दुलाललाई दिएको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया