काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि बेलायती राजदूत रोब फेनबीच भेटवार्ता भएको छ।
परराष्ट्र मन्त्रालयमा सोमबार भएको शिष्टाचार भेटका क्रममा नेपाल र बेलायतबीचको द्विपक्षीय सहयोग, जलवायु वित्त, उत्थानशील आर्थिक विकास तथा आगामी कोप–३१ सम्मेलनलगायत आपसी हितका विभिन्न विषयमा छलफल भएको छ।
भेटमा दुई देशबीचको सहकार्यलाई थप मजबुत बनाउने तथा जलवायु परिवर्तनका चुनौती सामना गर्न आवश्यक सहयोग र समन्वयका विषयमा समेत कुराकानी भएको मन्त्रालयले जनाएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया