कार्तिक १७, २०८३ मंगलबार November 3, 2026

त्रिविका शैक्षिक प्रमाणपत्र अब हुलाकमार्फत विद्यार्थीको घरमै पुग्ने

त्रिविका प्रमाणपत्र वितरणमा नयाँ व्यवस्था, विद्यार्थीको ठेगानामै पठाइने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले जारी गर्ने शैक्षिक प्रमाणपत्र तथा कार्यालयीय कागजात अब हुलाक सेवामार्फत सोझै विद्यार्थीको हातमा पुर्‍याइने भएको छ।

यसका लागि त्रिभुवन विश्वविद्यालय र नेपाल सरकारको हुलाक सेवा विभागबिच मंगलबार सम्झौता भएको छ। सम्झौतापत्रमा त्रिविका रजिस्ट्रार डा. रवीन्द्र शिवाकोटी र हुलाक सेवा विभागकी महानिर्देशक मनमाया भट्टराई पंगेनीले हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार विश्वविद्यालयका विभिन्न निकायबाट जारी हुने प्रमाणपत्र विद्यार्थीको फोन नम्बर र पूर्ण ठेगानाका आधारमा हुलाकमार्फत उनीहरूसम्म सुरक्षित रूपमा पुर्‍याइनेछ।

२२ बुँदामा समेटिएको सम्झौतामा प्रमाणपत्र तथा अन्य चिठीपत्र व्यवस्थित रूपमा ढुवानी र वितरण गर्न हुलाक वस्तुलाई ट्र्याकिङ बारकोडसहित पोस्टल ट्र्याकिङ सिस्टम (पीआईटीएस) मा दर्ता गरिने उल्लेख छ। यस प्रणालीले कागजात सम्बन्धित ठेगानामा पुगे–नपुगेको अनुगमन गर्न सहज बनाउनेछ।

कीर्तिपुरस्थित रजिस्ट्रारको कार्यालयमा आयोजित हस्ताक्षर कार्यक्रममा रजिस्ट्रार शिवाकोटीले विश्वविद्यालयका सेवा हुलाकसँग जोडेर विद्यार्थीको घरदैलोसम्म पुर्‍याउने लामो समयदेखिको योजना पूरा भएकोमा खुसी व्यक्त गरे।

त्यस्तै, हुलाक सेवा विभागकी महानिर्देशक पंगेनीले हुलाक सेवा नागरिक र राज्यलाई जोड्ने सशक्त माध्यम भएको बताउँदै त्रिविको यस कदममार्फत जनतालाई घरघरमै सेवा पुर्‍याउने जिम्मेवारी पाएकोमा खुसी व्यक्त गरिन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सरकारको विज्ञप्तिप्रति डा. केसीको आपत्ति, माग सम्बोधन नभएसम्म आन्दोलन नरोकिने
२०८३ कार्तिक १७, मंगलबार
राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिबाट दुई उपसमितिका प्रतिवेदन सर्वसम्मतिले पारित
२०८३ कार्तिक १७, मंगलबार
अमेरिकी मध्यावधि निर्वाचनमा कङ्ग्रेसको बहुमतका लागि कडा प्रतिस्पर्धा
२०८३ कार्तिक १७, मंगलबार
श्रम संस्कृति पार्टी गरिब जनताको पक्षमा छ : हर्क साम्पाङ
२०८३ कार्तिक १७, मंगलबार
कोप-३१ मा जलवायु न्याय र हिमाल संरक्षणका मुद्दालाई सशक्त रूपमा उठाउछौँः मन्त्री चौधरी
२०८३ कार्तिक १७, मंगलबार
चीनले वित्तीय क्षेत्रमा एआईको प्रयोगबारे अध्ययन गर्ने
२०८३ कार्तिक १७, मंगलबार
कात्तिक २५ गते भाइटीका, बिहान ११:०७ बजे उत्तम साइत
२०८३ कार्तिक १७, मंगलबार