काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) मनोजकुमार केसीलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।
गृहमन्त्रि सुधन गुरुङले केसीलाई नियुक्तिपत्र प्रदान गर्दै दर्ज्यानी चिह्न लगाइदिएका हुन् । यसअघि गृहसचिवले दर्ज्यानी चिह्न लगाइदिने चलन रहेको थियो । गृह मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेले नवनियुक्त आईजीपी केसीलाई दर्ज्यानी चिह्न प्रदान गरिएको जानकारी दिएका छन् ।
दर्ज्यानी चिह्न प्राप्त गरेसँगै केसी प्रहरी संगठनको नेतृत्व सम्हाल्न प्रहरी प्रधान कार्यालय जाने तयारीमा छन् । उनी केही बेरमै नक्सालस्थित प्रहरी प्रधान कार्यालय पुगेर पदबहाली गर्ने कार्यक्रम रहेको छ ।
पदबहालीपछि उनले नेपाल प्रहरीको नेतृत्व औपचारिक रूपमा सम्हाल्नेछन् । नयाँ नेतृत्वसँगै प्रहरी संगठनको प्रशासनिक तथा सुरक्षा व्यवस्थापनसम्बन्धी जिम्मेवारी पनि केसीको काँधमा आउनेछ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया