कार्तिक १८, २०८३ बुधबार November 4, 2026

भद्रपुरमा तीनदिने विद्यार्थी महोत्सव सुरु, ५८ विद्यालय सहभागी

भद्रपुर नगरपालिकाको हीरक महोत्सवमा विद्यार्थी महोत्सव आयोजना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

झापा । झापाको सदरमुकाम भद्रपुरमा विद्यार्थीको प्रतिभा, सिर्जना, सीप तथा क्षमतालाई उजागर गर्ने उद्देश्यले आजदेखि तीन दिने ‘विद्यार्थी महोत्सव’ सुरु भएको छ ।

भद्रपुर नगरपालिकाले स्थापनाको ७५औँ वर्ष (हीरक महोत्सव)-को सन्दर्भ पारेर विद्यार्थी महोत्सव आयोजना गरेको हो ।

भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल र उपप्रमुख राधा कार्कीले एक समारोहबिच महोत्सवको उद्घाटन गर्नुभयो ।

‘सीप, सिर्जना र प्रतिभाको उत्सव, समृद्ध भविष्यका लागि विद्यार्थी महोत्सव’ भन्ने नाराका साथ भद्रपुर–८ स्थित मेची रङ्गशालामा सुरु भएको महोत्सव २० गतेसम्म सञ्चालन हुने नगरप्रमुख गणेश पोखरेलले जानकारी दिनुभयो ।

विद्यार्थीमा अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउने, सिर्जनात्मक क्षमता विकास गर्ने तथा विद्यालयबिच अनुभव र सिकाइ आदानप्रदान गर्ने अभिप्रायका साथ महोत्सव आयोजना गर्न गरिएको पनि नगरप्रमुख पोखरेलले बताउनुभयो ।

महोत्सवमा खेलकुद, लोक सांस्कृतिक नृत्य, विज्ञान प्रदर्शनी, चित्रकला, हेण्ड राइटिङ, हाजिरी जवाफ, चेस, कविता तथा वक्तृत्वकला प्रतियोगितासहित विभिन्न कार्यक्रम सञ्चालन गरिएको छ । महोत्सवमा नगरभित्रका २७ सामुदायिक र ३१ संस्थागत गरी ५८ वटा विद्यालयले सहभागिता जनाएको नगर शिक्षा प्रमुख पवित्रा ढकालले जानकारी दिनुभयो ।

महोत्सव सम्पन्न गर्न करिब १० लाख रुपैयाँ लाग्ने र सहभागी उत्कृष्ट विद्यार्थीहरूलाई नगदसहित पुरस्कृत गरिने जनाइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
झापाको बिर्तामोडमा आगलागीबाट छ करोड बराबरको क्षति
२०८३ कार्तिक १८, बुधबार
पदयात्रा अनुमति उल्लङ्घन गर्ने ट्रेकिङ एजेन्सीलाई ५० हजार जरिवाना
२०८३ कार्तिक १८, बुधबार
लमजुङको खुदीमा धार्मिक तथा सांस्कृतिक मेलाको तयारी, मंसिर ४ देखि ९ गतेसम्म सञ्चालन हुने
२०८३ कार्तिक १८, बुधबार
आफू अनुकूलको काम गराउन आईजीपी परिवर्तन गरिएको हुन सक्छ : ओली
२०८३ कार्तिक १८, बुधबार
सरकारलाई जवाफदेहिताका आधारमा अघि बढ्न कांग्रेसको आग्रह
२०८३ कार्तिक १८, बुधबार
चाडपर्वमा विद्युत् आपूर्ति निर्वाध सुनिश्चित गर्न मन्त्री श्रेष्ठको निर्देशन
२०८३ कार्तिक १८, बुधबार
नेपाल बिमा प्राधिकरणको अध्यक्षमा थापा नियुक्त
२०८३ कार्तिक १८, बुधबार