कार्तिक २०, २०८३ शुक्रबार November 6, 2026

‘आईजीपी हटाउनु सुशासन होइन, शक्ति प्रदर्शन हो’ : आङ्देम्बे

आईजीपी हटाउने निर्णयप्रति आङ्देम्बेको प्रश्न : सरकार कसको निर्देशनमा चलिरहेको छ ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं, १९ कात्तिक । प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले १७ महिना बाँकी छँदै आईजीपी हटाउनुपर्ने बाध्यता किन भन्दै सरकारलाई प्रश्न गरेका छन् । उनले अहिले देशको राष्ट्रिय आवश्यकता नै आईजिपी परिवर्तन हो भनेर सरकारसँग जवाफ मागेका छन् ।

‘भोटेकोशी र बूढीगण्डकी बाढीले नागरिकहरु पीडामा छन् । विस्थापित सुकुम्बासीको बेहाल छ । महंगीले जनजीवन आक्रान्त छ । देश गम्भीर संकटतिर फस्दैछ । तर, सरकारको प्राथमिकता आईजीपी हटाउनेमा भयो । सरकारले जवाफ दिनुपर्छ( प्रहरी प्रमुखलाई कुन तथ्य र प्रमाणका आधारमा हटाइयो ?’ बिहीबार बिहान सामाजिक सञ्जालमार्फत आङ्देम्बेले सरकारसँग माग गरेका छन् ।

सरकारका प्रवक्ता पार्टीको निर्देशनमा हटाइएको भन्ने, तर रास्वपाकै प्रवक्ताले पार्टीको निर्देशन नभएको बताउनुले सरकार कसको निर्देशनमा चलिरहेको छ ? भनेरसमेत उनले सोधेका छन् ।

‘सिंहदरबार र बालुवाटारमा कस्तो रमिता चलिरहेको हो ? अझ गम्भीर विषय एउटा बिचौलियाको मोबाइल प्रहरीले अनुसन्धानका लागि बरामद गर्छ, तर उक्त मोबाइल प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकारको घरमा पुग्छ। अनुसन्धानका लागि बरामद गरिएको मोबाइल त्यहाँ किन पुग्यो ? मोबाइलमा भएको के मेटाउनु थियो ?’ उनले भनेका छन् ।

जनताले ठूलो आशा र अपेक्षासहित वर्तमान सरकारलाई मत दिएको, त्यो मत सुशासन कायम गर्न, भ्रष्टाचार अन्त्य गर्न र जनताको जीवन बदल्नका लागि भएको उल्लेख गर्दै उनले सत्ता शक्तिको दुरुपयोग गर्न र प्रहरी प्रशासनलाई आफ्नो नियन्त्रणमा राख्न नभएको जनाएका छन् । ‘र, अनेक तानाबाना र षड्यन्त्रको जालो बुनेर आईजीपी हटाउनु गलत छ। यो सुशासन होइन, शक्ति प्रदर्शन हो,’ उनले भनेका छन् । न्यूजकारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपति पौडेल र कोरियाली राजदूत पार्कबीच शिष्टाचार भेट
२०८३ कार्तिक २०, शुक्रबार
लेक लाग्ने समस्याको व्यवस्थापनसम्बन्धी मापदण्ड स्वीकृत
२०८३ कार्तिक २०, शुक्रबार
बैङ्किङ सङ्कटपछि पाराग्वेका राष्ट्रपतिको राजीनामा
२०८३ कार्तिक २०, शुक्रबार
जलवायु वित्त र प्रतिबद्धता कार्यान्वयन कोप–३१ का मुख्य चुनौती
२०८३ कार्तिक २०, शुक्रबार
मुख्यमन्त्री कार्कीद्वारा अनुगमन
२०८३ कार्तिक २०, शुक्रबार
राष्ट्रपति पौडेल र सभामुख अर्यालबिच भेटवार्ता
२०८३ कार्तिक २०, शुक्रबार
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइभ फिड’ सेवा सुरु
२०८३ कार्तिक २०, शुक्रबार