कार्तिक २०, २०८३ शुक्रबार November 6, 2026

बैङ्किङ सङ्कटपछि पाराग्वेका राष्ट्रपतिको राजीनामा

घटनापछि राजधानी असुनसियोनमा हजारौँ नागरिकले संसद् भवनबाहिर प्रदर्शन गर्दै रकम फिर्ता गर्न माग गरेका छन्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

असुनसियोन, २० कात्तिक :बैङ्किङ सङ्कटमा करिब ३० लाख निक्षेपकर्ताको बचत रकम रोकिएपछि चर्किएको जनआक्रोश र महाभियोगको दबाबबीच पाराग्वेका राष्ट्रपति सान्टियागो पेनाले राजीनामा दिनुभएको छ । संसद्ले राजीनामा स्वीकृत नगरेकाले उहाँ पदमै रहनुभएको छ भने महाभियोग प्रक्रिया अघि बढाइएको छ ।

पाराग्वेको केन्द्रीय बैङ्कले गम्भीर पुँजी अभाव देखिएपछि पेनासँग सम्बन्धित युएनो बैङ्क नियन्त्रणमा लिएको थियो । त्यसपछि पेन्सनभोगीसहित लाखौँ निक्षेपकर्ता आफ्नो रकम निकाल्नबाट वञ्चित भएका थिए । घटनापछि राजधानी असुनसियोनमा हजारौँ नागरिकले संसद् भवनबाहिर प्रदर्शन गर्दै रकम फिर्ता गर्न माग गरेका छन् । यसअघि प्रहरीसँग भएको झडपमा अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरिएको थियो ।

बैङ्कमा पेनाको स्वार्थको द्वन्द्व र पदको दुरुपयोग भएको आरोपमा सांसदहरूले उहाँविरुद्ध सर्वसम्मतिले महाभियोग प्रक्रिया अघि बढाएका हुन् । राष्ट्रपतिले सामाजिक सञ्जालमार्फत जनतासँग माफी माग्दै निक्षेपकर्ताको बचत सुरक्षित राख्नु आफ्नो प्राथमिकता भएको बताउनुभएको छ ।

विवाद समाधानका लागि केन्द्रीय बैङ्कका अध्यक्ष कार्लोस कार्भालोको राजीनामा र निक्षेप फिर्ताका लागि पाँच दिनको समयसीमा तोकिए पनि जनआक्रोश मत्थर हुन सकेन । संसद्ले शुक्रबारदेखि महाभियोग सुनुवाइ गर्ने तयारी गरेको छ । राष्ट्रपति पद रिक्त भए उपराष्ट्रपति पेड्रो एलियानाले नेतृत्व सम्हाल्नुहुनेछ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपति पौडेल र कोरियाली राजदूत पार्कबीच शिष्टाचार भेट
२०८३ कार्तिक २०, शुक्रबार
लेक लाग्ने समस्याको व्यवस्थापनसम्बन्धी मापदण्ड स्वीकृत
२०८३ कार्तिक २०, शुक्रबार
बैङ्किङ सङ्कटपछि पाराग्वेका राष्ट्रपतिको राजीनामा
२०८३ कार्तिक २०, शुक्रबार
जलवायु वित्त र प्रतिबद्धता कार्यान्वयन कोप–३१ का मुख्य चुनौती
२०८३ कार्तिक २०, शुक्रबार
मुख्यमन्त्री कार्कीद्वारा अनुगमन
२०८३ कार्तिक २०, शुक्रबार
राष्ट्रपति पौडेल र सभामुख अर्यालबिच भेटवार्ता
२०८३ कार्तिक २०, शुक्रबार
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइभ फिड’ सेवा सुरु
२०८३ कार्तिक २०, शुक्रबार