काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले दोस्रो जित निकालेको छ । भर्खरै सम्पन्न खेलमा चितवनले पोखरा एभेन्जर्सलाई ३० रनले हराएको हो । पोखराको यो लगातार चौथो हार हो ।
चितवनले दिएको १५२ रनको लक्ष्य पछ्याएको पोखरा १९ ओभरमा १२१ रनमै अलआउट भयो । अर्जुन कुमालले ४५, युवराज शर्माले १९, किरण ठगुन्नाले १३ तथा अर्जुन घर्तीले १२ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
पोखरालाई रोक्न चितवनका रिजन ढकालले चार तथा कमल सिंह ऐरीले तीन विकेट लिए । यस्तै, डान मोस्ली, मौसम ढकाल र कुशल मल्लले एक–एक सफलता हात पारे । त्यसअघि टियु मैदानमा टस हारेर ब्याटिङ थालेको चितवनले २० ओभरमा ६ विकेटको क्षतिमा १५१ रन जोड्यो ।
कप्तान सिकन्दर रजाले ३७ तथा रवि बोपाराले ३२ रन जोडे । यस्तै, अर्जुन साउदले ३१ तथा डेविड मलानले २७ रन बनाए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया