कार्तिक २०, २०८३ शुक्रबार November 6, 2026

एनपिएलः सुदूरपश्चिमद्वारा कर्णाली ३९ रनले पराजित

अन्य खेलाडीले राम्रोसँग साथ दिन नसक्दा कर्णाली पराजित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्समाथि ३९ रनको जित निकालेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिमले दिएको १७७ रनको लक्ष्य पच्छाएको कर्णाली निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १३७ रनमा समेटियो ।

कर्णालीका लागि डेभिड मिलरले सर्वाधिक ९३ रनको योगदान दिए । उनले ५५ बलमा ५ चौका र ७ छक्काको मद्दतमा अविजित ९३ रनको योगदान दिए । उनको यस योगदान कर्णालीको जितको लागि पर्याप्त हुन सकेन । उनलाई अन्य खेलाडीले राम्रोसँग साथ दिन नसक्दा कर्णाली पराजित हुन पुग्यो ।

त्यसैगरी कर्णालीका अर्का खेलाडी दीपक डुम्रेले १२ बलमा तीन चौका र एक छक्का प्रहार गर्दै १८ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

बलिङतर्फ सुदूरपश्चिमका स्कट कुग्गेलेइनले दुई विकेट लिँदा हेमन्त धामी, अनिल खरेल, दिपेन्द्र सिंह ऐरी र अविनाश बोहोराले समान १र१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७६ रनको योगफल बनाएको थियो ।

सुदूरपश्चिमको लागि सैफ जैबले सर्वाधिक ३५ रन बनाए । उनले २४ बलमा ४ चौका र १ छक्का प्रहार गरे । त्यसैगरी विनोद भण्डारीले २२ बलमा २७ रन जोड्दा ब्रान्डन म्याकमुलेनले १६ बलमा २४ रन बनाए ।

त्यस्तै इशान पाण्डेले २३ रन बनाए भने थारिन्दु रत्नायकेले अविजित २२ रन तथा स्कट कुग्गेलेइनले अविजित १३ रनको योगदान दिए ।

बलिङतर्फ कर्णाली याक्सका बलर मार्क वाटले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए । त्यस्तै नन्दन यादव, सूर्य तामाङ र हुसेन तलातले समान १र१ विकेट हात पारे ।

जितसँगै सुदूरपश्चिमले एनपिएलमा पाँच खेलमा ६ अङ्क जोडेको छ । यसअघि पहिलो खेलमा लुम्बिनी लायन्ससँग ७ विकेट तथा तेस्रो खेलमा विराटनगरसँग ३५ रनले पराजित भएको सुदूरपश्चिम दोस्रो खेलमा पोखरा एभेन्जर्ससँग ६ तथा चौथो खेलमा चितवन राइनोजसँग ५ विकेटले विजयी भएको थियो ।

यता पहिलो खेलमा जनकपुर बोल्ट्सलाई १९ रनले पराजित गरेको कर्णालीले दोस्रो खेलमा विराटनगर किङ्सलाई ४ विकेटले पराजित गरेको थियो । त्यस्तै तेस्रो खेलमा भने कर्णाली काठमाडौँ गोर्खाजसँग ४ विकेटले पराजित भएको थियो । कर्णालीको ४ अङ्क छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया