साना, २१ कात्तिक : यमनमा साउदी अरब गठबन्धनको आक्रमणबाट २० जनाको मृत्यु भएको छ ।
हुथी विद्रोहीहरूले शुक्रबार ताइज प्रान्तको तरकारी बजारमा साउदी आक्रमणबाट २० जनाको मृत्यु भएको दाबी गरेका हुन् ।
यमनी स्थानीय अधिकारीहरूले भने आक्रमणमा इरान समर्थित हुथी समूहलाई नै दोषी ठहराएका छन् ।
“साउदी शत्रुका विमानहरूले अल–वाजिया शहरको तरकारी बजारलाई धेरै मिसाइलले निसाना बनाएका छन्, जसबाट २० नागरिकको मृत्यु र १० जना घाइते भएका छन्,” हुथी स्वास्थ्य मन्त्रालयका प्रवक्ता अनिस अल–असबाहीले उनीहरूको सबा समाचार एजेन्सीमार्फत जानकारी गराएका छन् ।
स्थानीय अधिकारीहरूले भने हुथीहरूलाई नै दोष दिएका छन् र ‘सैन्य विमानले कुनै हवाई कारबाही गरेको छैन’ भनेका छन्। रासस/एएफपी
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया