कार्तिक २२, २०८३ आइतबार November 8, 2026

पाकिस्तानका एफ–१६ बलियो बनाउँदै अमेरिका, भारतमा उठ्यो दोहोरो मापदण्डको प्रश्न

एफ–१६ आधुनिकीकरणका लागि पाकिस्तानलाई अमेरिकी सहयोग, भारतमा तीव्र आलोचना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । अमेरिकाले पाकिस्तानका एफ-१६ लडाकु विमानहरूको आधुनिकीकरणका लागि ६८६ मिलियन डलर अर्थात् १ खर्ब रूपैयाँको प्याकेजलाई स्वीकृति दिएको छ। यो निर्णयपछि भारतमा आलोचना सुरु भएको छ।

आलोचकहरूले अमेरिकामाथि दोहोरो मापदण्ड अपनाएको आरोप लगाएका छन्। उनीहरूको प्रश्न छ – एकतर्फ अमेरिका इरानको आणविक कार्यक्रमविरुद्ध कारबाही गरिरहेको छ। अर्कोतर्फ आणविक हतियार राख्ने पाकिस्तानजस्तो सहयोगीलाई सैन्य शक्ति बढाउन मद्दत गरिरहेको छ।

यो प्याकेजमा कुनै पनि आणविक हतियार समावेश गरिएको छैन, तर विश्लेषकहरूको मान्यता छ – विमानहरूको नेभिगेसन, सञ्चार व्यवस्था र बचाउ क्षमतामा सुधार आउँदा पाकिस्तानको हालको आणविक आक्रमण गर्ने क्षमता भारतविरुद्ध अझ बढी प्रभावकारी बन्न सक्छ।

यो सैन्य आधुनिकीकरण प्याकेज मुख्य रूपमा पाकिस्तानी वायुसेनाका एफ-१६ विमानहरूलाई अपग्रेड गर्नका लागि हो। यसमा विमानहरूको नेभिगेसन अर्थात् बाटो तय गर्ने व्यवस्था, सञ्चार प्रणाली र सर्भाइवेबिलिटी अर्थात् आक्रमणको दौरान उम्केर बच्ने क्षमतालाई सुधार्ने काम गरिनेछ। यी सुधारहरूले विमानहरूलाई अझ बढी सटीक तरिकाले लक्ष्यसम्म पुग्न, राम्रो समन्वय गर्न र शत्रुको रडार वा मिसाइलहरूबाट बच्न सक्षम बनाउनेछन्।

अमेरिकाको भनाइ छ – यसमा आणविक हतियार वा त्यससँग जोडिएका प्रणालीहरू सामेल छैनन्। यद्यपि विज्ञहरूको विश्लेषण छ कि आधुनिक नेभिगेसन र सञ्चार सुविधाहरूले आणविक हतियार बोक्ने मिसनहरूमा पनि विमानको क्षमता बढाउन सक्छ। पाकिस्तानसँग पहिलेदेखि नै एफ-१६ विमानहरू छन् र तिनीहरूलाई उसको वायुसेनाको महत्त्वपूर्ण अङ्ग मानिन्छ।

भारतमा यो सम्झौतालाई लिएर तीव्र प्रतिक्रिया आएको छ। आलोचकहरूले प्रश्न सोधिरहेका छन् कि अमेरिका एकतर्फ इरानमाथि उसको आणविक कार्यक्रमलाई लिएर कडाइ गरिरहेको छ र युद्धजस्तो स्थितिमा पुगेको छ, तर अर्कोतर्फ पाकिस्तानजस्तो आणविक सम्पन्न देशलाई लडाकु विमानहरूको क्षमता बढाउन मद्दत गरिरहेको छ।

पाकिस्तान अमेरिकाको पुरानो सैन्य सहयोगी रहँदै आएको छ। यस्तोमा यो प्रश्न उठ्नु स्वाभाविक हो कि सुरक्षा र आणविक प्रसारको मुद्दामा विभिन्न देशहरूसँग भिन्न व्यवहार किन गरेको छ। भारतको नजरबाट हेर्ने हो भने पाकिस्तानसँग सीमा विवाद र सुरक्षा चुनैतीहरू लगातार कायम छन्। यस्तोमा छिमेकी देशको वायुसेनालाई बलियो बनाउनु भारतको सुरक्षा चिन्तालाई बढाउँछ। एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
Kattik Krishna Aamabasya: Laxmi puja being observed this evening
२०८३ कार्तिक २२, आइतबार
पाकिस्तानका एफ–१६ बलियो बनाउँदै अमेरिका, भारतमा उठ्यो दोहोरो मापदण्डको प्रश्न
२०८३ कार्तिक २२, आइतबार
‘चौतर्फी घेराबन्दी भए पनि कांग्रेस आफ्नो बाटोबाट विचलित हुँदैन’ : गगन थापा
२०८३ कार्तिक २२, आइतबार
भोटेकोशी बाढीको विपद्, उद्धार र पुनर्निर्माणको कथा समेटिएको ‘द सनसाइन फ्लड’
२०८३ कार्तिक २२, आइतबार
विराटनगर जग्गा सट्टापट्टा प्रकरणमा तीन पूर्वमन्त्रीलाई मुद्दा नचलाउने अख्तियारको निर्णय
२०८३ कार्तिक २२, आइतबार
यू-१९ महिला क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जित्यो
२०८३ कार्तिक २२, आइतबार
‘पर्वहरूले परिवार, समाज र समुदायबीचको सद्भाव सुदृढ बनाऊन्’ : रवि लामिछाने
२०८३ कार्तिक २२, आइतबार