कार्तिक २२, २०८३ आइतबार November 8, 2026

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि जनज्योति माविलाई

शङ्कर माध्यमिक विद्यालयले दुई स्वर्ण र एक कास्य गरी तीन पदक जित्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

दमौली (तनहुँ), २२ कात्तिक: भिमाद नगरपालिकाले आयोजना गरेको नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड तथा दशौँ मेयर कप प्रतियोगितामा जनज्योति माध्यमिक विद्यालयले उत्कृष्ट प्रदर्शन गर्दै पहिलो स्थान हासिल गरेको छ । शनिबार सम्पन्न प्रतियोगितामा जनज्योति माविले १३ स्वर्ण, एक रजत र एक कास्य गरी कुल १५ पदक जितेको हो ।

पदक तालिकामा बालशैक्षणिक माध्यमिक विद्यालय १४ पदकसहित दोस्रो स्थानमा रहेको छ । बालशैक्षणिकले दुई स्वर्ण, नौ रजत र तीन कास्य पदक जितेको छ । भिमाद नगरपालिकाका खेलकुद तथा शिक्षा शाखा प्रमुख सन्दीप पौडेलका अनुसार प्रतियोगितामा नगरपालिकाभित्रका विभिन्न विद्यालयका विद्यार्थीले प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगितामा अरुणोदय माध्यमिक विद्यालयले तीन स्वर्ण, दुई रजत र दुई कास्य गरी सात पदक जितेको छ । धर्म माध्यमिक विद्यालयले दुई स्वर्ण, एक रजत र तीन कास्य गरी छ पदक प्राप्त गरेको छ । त्यस्तै, माउन्ट अन्नपूर्ण बोर्डिङ स्कुलले दुई स्वर्ण, तीन रजत र पाँच कास्य गरी १० पदक जितेको छ । मङ्गलोदय माध्यमिक विद्यालयले पनि तीन स्वर्ण, एक रजत र छ कास्य गरी १० पदक प्राप्त गरेको छ ।

शङ्कर माध्यमिक विद्यालयले दुई स्वर्ण र एक कास्य गरी तीन पदक जितेको छ। अमर भूपू सैनिक बोर्डिङ स्कुलले तीन स्वर्ण र एक रजत गरी चार पदक प्राप्त गरेको छ भने सिद्धार्थ माध्यमिक विद्यालयले एक स्वर्ण, एक रजत र दुई कास्य गरी चार पदक जितेको छ । हिमालय माध्यमिक विद्यालयले एक स्वर्ण, एक रजत र तीन कास्य गरी पाँच पदक प्राप्त गरेको छ । भिम मेमोरियल बोर्डिङ स्कुलले चार रजत र एक कास्य गरी पाँच पदक जितेको छ ।

यसैगरी, रघु माध्यमिक विद्यालयले तीन कास्य, पार्वती माध्यमिक विद्यालयले एक कास्य, दीपक माध्यमिक विद्यालयले तीन रजत, पाटन बोर्डिङ स्कुलले एक कास्य तथा बुचाखानी माध्यमिक विद्यालयले एक रजत र एक कास्य गरी दुई पदक प्राप्त गरेका छन् । प्रतियोगितामा विभिन्न विद्यालयका विद्यार्थीले खेलकुदमार्फत आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए ।

नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कप प्रतियोगिताले विद्यार्थीमा खेलकुदप्रतिको रुचि बढाउनुका साथै विद्यालयबीच प्रतिस्पर्धात्मक भावना विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको भिमाद नगरपालिकाका प्रमुख दधिराज सुवेदीले बताउनुभयो । उहाँका अनुसार नगरपालिकाले विद्यालयस्तरबाटै खेलाडी उत्पादन गर्ने र विद्यार्थीको शारीरिक तथा मानसिक विकासमा खेलकुदको भूमिका बढाउने उद्देश्यले प्रतियोगिता आयोजना गरेको हो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
होर्मुजमा दुई तेल ट्याङ्करमा आगलागी भएको इरानको दाबी
२०८३ कार्तिक २२, आइतबार
कुकुर तिहारजस्ता पर्वलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्छः प्रथम महिला काफ्ले
२०८३ कार्तिक २२, आइतबार
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि जनज्योति माविलाई
२०८३ कार्तिक २२, आइतबार
बङ्गलादेशको राष्ट्रिय क्रान्ति तथा एकता दिवस मनाइयो
२०८३ कार्तिक २२, आइतबार
Kattik Krishna Aamabasya: Laxmi puja being observed this evening
२०८३ कार्तिक २२, आइतबार
पाकिस्तानका एफ–१६ बलियो बनाउँदै अमेरिका, भारतमा उठ्यो दोहोरो मापदण्डको प्रश्न
२०८३ कार्तिक २२, आइतबार
‘चौतर्फी घेराबन्दी भए पनि कांग्रेस आफ्नो बाटोबाट विचलित हुँदैन’ : गगन थापा
२०८३ कार्तिक २२, आइतबार