काठमाण्डौं । इङलिस प्रिमियर लिग अन्तर्गत आइतबार भएको खेलमा लिभरपुलले उत्कृष्ट खेल प्रदर्शन गर्दै क्रिस्टल प्यालेसलाई ३-१ गोल अन्तरले पराजित गरेको छ ।
यो जितसँगै लिभरपुल १८ अंक सहित लिगको चौथो स्थानमा उक्लेको छ ।
लिभरपुलका लागि ४०औं मिनेटमा अलेक्सिस म्याकएलिस्टरले पहिलो गोल गरेका थिए भने ५४औं मिनेटमा फ्लोरिएन विर्जले दोस्रो तथा ८९औं मिनेटमा अलेक्जान्डर इसाकले तेस्रो गोल गरे ।
निकै प्रभावशाली खेल प्रदर्शन गरेपनि गोल गर्न हम्मे परेको क्रिस्टल प्यालेसका लागि एक मात्र गोल ९५औं मिनेटमा एड्डी एन्केटियाले गरेका थिए । यो हारसँगै प्यालेस लिगको अन्तिम स्थानमा पुगेको छ । प्यालेसको १० खेलबाट ७ अंक मात्र छ ।
चेल्सीको हार
उता लिगको चौथो स्थानमा रहेको चेल्सी सन्डरल्यान्डसँग १-० गोल अन्तरले पराजित भएसँगै पाँचौं स्थानमा झरेको छ । चेल्सीको १० खेलबाट १६ अंक छ ।
सन्डरल्यान्डले ३६औं मिनेटमा पेनाल्टी मार्फत गोल गरेको थियो । सन्डरल्यान्डका लागि एन्जो लि फी ले गोल गरेका थिए । यो जितसँगै सन्डरल्यान्ड अंक तालिकामा १८औं स्थानमा उक्लेको छ ।
यसैगरी, बोर्नमाउथले इप्सवीजलाई २-१ गोलले पराजित गरेको छ भने ब्राइटनले ब्रेन्टफोर्डलाई २-० गोल अन्तरले पराजित गरेको छ ।
शनिबार भएको खेलमा म्यान्चेस्टर सिटीलाई नटिङघम फरेस्टले ३-१ गोल अन्तरले पराजित गरेर सनसनी मच्चाएको थियो ।
आज राति १०.१५ बजे म्यान्चेस्टर युनाइटेड र एस्टन भिल्ला बिच खेल हुनेछ । पछिल्ला समय युनाइटेडको खेल कमजोर भएसँगै लिगमा १९औं स्थानमा छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया