कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

भीमफेदी दुर्घटनाले मर्माहत बनाएको छः सभापति थापा

दुर्घटनामा ज्यान गुमाउनेप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

ललितपुर, २६ कात्तिकः नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानी गढीमा भएको यात्रुवाहक माइक्रोबस दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ ।

सभापति थापाले आज शोक बक्तव्यमार्फत काठमाडौंँबाट सर्लाहीको सुन्दरपुरतर्फ जाँदै गरेको माइक्रोबस दुर्घटनामा १० जनाको मृत्यु भएको खबरले आफू स्तब्ध र मर्माहत भएको बताउनुभएको छ ।

उहाँले दुर्घटनामा ज्यान गुमाउनेप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नु भएको छ । सभापति थापाले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै परिवारजनलाई उक्त असह्य पीडा सहनसक्ने शक्ति मिलोस् भन्ने कामना गर्नुभएको छ ।

भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डअन्तर्गत आज बिहान चिसापानी गढीमा माइक्रोबस सडकबाट करिब ७०० मिटर तल खसेर दुर्घटना भएको थियो । दुर्घटनामा १० जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । मृतकमध्ये दुई जनाको मात्र पहिचान खुलेको र अन्यको पहिचानको प्रक्रिया जारी रहेको प्रहरीले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया