कार्तिक २९, २०८३ आइतबार November 15, 2026

कर्मवादमार्फत देशलाई समृद्धिको बाटोमा लैजानुपर्छ : अध्यक्ष दाहाल

अतिवाद त्यागेर कर्मवादमार्फत देशलाई समृद्धिको बाटोमा लैजानुपर्ने भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले कर्मवादमार्फत देशलाई समृद्धिको बाटोमा लैजानुपर्ने बताउनुभएको छ ।

पत्रकार कृष्ण अधिकारीद्वारा लिखित ‘कर्मवाद, चिन्तन र अभ्यास’ पुस्तकको आज विमोचन गर्दै अध्यक्ष दाहालले अतिवाद त्यागेर कर्मवादमार्फत देशलाई समृद्धिको बाटोमा लैजानुपर्ने बताउनुभएको हो ।

उहाँले ‘कर्मवाद, चिन्तन र अभ्यास’ पुस्तकले मानव जीवनमा कर्म, श्रम, नैतिकता, अनुशासन तथा सामाजिक उत्तरदायित्वको महत्वलाई दार्शनिक र व्यावहारिक दृष्टिकोणबाट उजागर गरेको उल्लेख गर्नुभयो ।

कृतिले विभिन्न विचारोत्तेजक भावना, ऐतिहासिक कालखण्डका व्यक्तित्वको विचार, विभिन्न सम्प्रदाय, आस्था तथा दर्शनलाई समेटिएको अध्यक्ष दाहालको भनाइ थियो । वैचारिक, दार्शनिक र भावनात्मक पक्षलाई समेटेर तयार पारिएको पुस्तकले व्यक्ति, समाज र राष्ट्र निर्माणमा कर्मको भूमिकालाई विशेष प्राथमिकता दिएको उहाँले बताउनुभयो ।

पुस्तकले कर्मलाई केवल व्यक्तिगत सफलता प्राप्त गर्ने माध्यमका रूपमा मात्र नभई सामाजिक दायित्व निर्वाह गर्ने आधारका रूपमा व्याख्या गरेको अध्यक्ष दाहालको भनाइ थियो । भौतिक तथा मानसिक श्रम विना जीवन र समाजको विकास सम्भव नहुने उहाँले बताउनुभयो ।

अध्यक्ष दाहालले मानिस जन्मिएदेखि मृत्युसम्म कुनै न कुनै कर्ममा सङ्लग्न रहने भएकाले जीवनको प्रत्येक गतिविधि कर्मसँग जोडिएको उल्लेख गर्नुभयो । गतिशीलता विना विकास सम्भव नहुने र श्रम तथा निरन्तर प्रयासबाट मात्रै व्यक्ति, समाज र राष्ट्रमा सकारात्मक रूपान्तरण ल्याउन सकिने विषयलाई पुस्तकले जोड दिएको उहाँले बताउनुभयो ।

नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले समाजको हितका लागि कर्मलाई अगाडि बढाउनुपर्ने बताउनुभयो । उहाँले नकारात्मक सोच, घृणा र द्वेष फैलाउने मनस्थितिमा हाम्रो समाज अगाडि बढिरहेको अवस्थामा कर्मवादको ठूलो महत्व रहेको उल्लेख गर्नुभयो । पछिल्लो समय समाजमा कर्मभन्दा कुरा ठूलो हुने, जिम्मेवारीभन्दा अधिकारको खोजी बढी गर्ने तथा इमानदार प्रयास र निरन्तर परिश्रमभन्दा छोटो बाटोबाट सफलता प्राप्त गर्ने प्रवृत्ति बढ्दै गएको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता रामेश्वर फुँयालले कर्मवाद, नैतिकता, अनुशासन, परिश्रम र उत्तरदायित्वका विषयमा समाजमा गम्भीर बहस तथा चिन्तन आवश्यक भएको बताउनुभयो । व्यक्तिको व्यवहार र कार्यशैलीमा सकारात्मक परिवर्तन नआएसम्म समाजको समग्र रूपान्तरण सम्भव नहुने उहाँको भनाइ थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेत्री एवं साहित्यकार सत्या अधिकारीले कुनै पनि कुरा आफैँमा खराब नभई गलत कर्म खराब भएकाले असल कर्म गर्न सबै लाग्नुपर्ने बताउनुभयो । उहाँले पढे मात्र कृति सफल हुने भएकाले उक्त कृति सबैलाई पढ्न आग्रह गर्नुभयो ।

नेपाल सरकारका पूर्व सचिव कृष्णहरि बाँस्कोटा, भुँडिपुराण प्रकाशनका प्रबन्ध निर्देशक केशवप्रसाद पराजुली लगायतले पछिल्लो समय पठन संस्कृति हराउँदै गएकामा चिन्ता व्यक्त गर्नुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘बाः एक योद्धा’ले मनायो प्रदर्शनको ५१औँ दिन, ३ करोड ५६ लाखभन्दा बढी ग्रस कलेक्सन
२०८३ कार्तिक २९, आइतबार
कुशल–युवराजको कीर्तिमानी साझेदारी, पोखराले काठमाडौंलाई ५५ रनले हरायो
२०८३ कार्तिक २९, आइतबार
सुक्खा पहिरोका कारण कालीगण्डकी करिडोर सडक पुनः अवरुद्ध
२०८३ कार्तिक २९, आइतबार
जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौं : शिक्षामन्त्री पोखरेल
२०८३ कार्तिक २९, आइतबार
कर्मवादमार्फत देशलाई समृद्धिको बाटोमा लैजानुपर्छ : अध्यक्ष दाहाल
२०८३ कार्तिक २९, आइतबार
उपराष्ट्रपतिद्वारा कुपोन्डोल र सानेपा राजतीर्थमा छठ पूजा
२०८३ कार्तिक २९, आइतबार
अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयाे, राति कोसिया पूजा गरिँदै
२०८३ कार्तिक २९, आइतबार