काठमाडौं । जय नेपाल पार्टीले आगामी स्थानीय तह निर्वाचनका लागि पार्टीको तर्फबाट उम्मेदवार बन्न इच्छुक व्यक्तिलाई आह्वान गरेको छ।
केन्द्रीय समितिको बैठकले ७७ वटै जिल्लाबाट सम्भावित उम्मेदवारको नाम सङ्कलन गर्ने निर्णय गरेको सचिवालय प्रमुख सगुन सुन्दर लावतीले बताए।
निर्णयमा भनिएको छ, ‘आगामी स्थानीय निकायको निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार बन्न इच्छुक सक्षम र ऊर्जावान् व्यक्तिहरुलाई पार्टीमा सम्पर्क गर्न आह्वान गर्ने, सम्भावित उम्मेदवारहरुको नामावली देशका ७७ जिल्लाबाट सङ्कलन गर्ने।’
बैठकले उम्मेदवार आह्वानसहित समसामयिक विषयमा ८ संकल्पसहित विभिन्न निर्णय गरेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया