कार्तिक ३०, २०८३ सोमबार November 16, 2026

कांग्रेसले जनजीविकाका मुद्दा सशक्त रूपमा उठाउनुपर्छ : महामन्त्री पौडेल

सरकारले महँगी नियन्त्रण गर्न नसकेको र जनजीविकाका सवालमा समेत गम्भीरता नदेखाएको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले जनताका दैनिक जीवनसँग जोडिएका समस्या समाधानका लागि कांग्रेसले प्रभावकारी भूमिका खेल्नुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस गण्डकी प्रदेशले पोखरामा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै उनले सरकारले महँगी नियन्त्रण गर्न नसकेको र जनजीविकाका सवालमा समेत गम्भीरता नदेखाएको टिप्पणी गरे । यस्तो अवस्थामा जनताका समस्या र सरोकारका विषयलाई कांग्रेसले सशक्त रूपमा उठाउनुपर्ने उनको भनाइ थियो ।

निर्वाचन नजिकिँदै गर्दा सुशासन, संघीयताको सुदृढीकरण र समावेशी प्रतिनिधित्व सुनिश्चित गर्ने विषयलाई पार्टीले प्राथमिकतामा राख्नुपर्ने पौडेलले बताए ।

उनले नागरिकसँग नजिकको सम्बन्ध स्थापित गर्दै उनीहरूका समस्या र पीडालाई बुझ्न तथा समाधानका लागि पहल गर्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरे । जनताका आवश्यकता बुझेर मात्रै देश विकासको अभियानलाई प्रभावकारी बनाउन सकिने उनको धारणा थियो ।

कार्यक्रममा कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले भ्रष्टाचार नियन्त्रणका लागि पार्टीले विशेष ध्यान दिनुपर्ने बताए । साथै, कांग्रेसले विगतमा गरेका ऐतिहासिक तथा महत्त्वपूर्ण कामहरूको व्यवस्थित अभिलेख राख्नुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा कांग्रेसको १५औँ महाधिवेशनबाट गण्डकी प्रदेशका तर्फबाट केन्द्रीय सदस्यमा निर्वाचित नेताहरूलाई सम्मान गरिएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
न्युजिल्यान्डको सेवा क्षेत्रमा साढे तीन वर्षयताकै उच्च वृद्धि, अर्थतन्त्रमा सुधारको सङ्केत
२०८३ कार्तिक ३०, सोमबार
एक महिनामा पाथीभरामा ६४ हजारभन्दा बढी तीर्थयात्री
२०८३ कार्तिक ३०, सोमबार
कांग्रेसले जनजीविकाका मुद्दा सशक्त रूपमा उठाउनुपर्छ : महामन्त्री पौडेल
२०८३ कार्तिक ३०, सोमबार
पार्टीको एकतालाई सुदृढ बनाउन राष्ट्रिय भेला : महासचिव पोखरेल
२०८३ कार्तिक ३०, सोमबार
माङसेबुङमा नि:शुल्क आँखा शिविर
२०८३ कार्तिक ३०, सोमबार
नेपालको ऋण मुक्तिको सङ्कल्पले महालक्ष्मी विशेष साधना
२०८३ कार्तिक ३०, सोमबार
मिथिलाक्षेत्रमा घरआँगनमै छठघाट तयार गरी पर्व मनाउनेक्रम बढ्दै
२०८३ कार्तिक ३०, सोमबार