मंग्सिर २, २०८३ बुधबार November 18, 2026

राप्रपाको महाधिवेशन नेतृत्व चयनमा मात्र सीमित हुनुहुँदैन : ज्ञानेन्द्र शाही

आगामी निर्वाचन जित्ने रणनीति बनाउने अवसरका रूपमा महाधिवेशनलाई उपयोग गर्न शाहीको सुझाव

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवक्ता एवं संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले पार्टीलाई बलियो राष्ट्रवादी शक्तिका रूपमा स्थापित गर्न पुस्तान्तरणसँगै रूपान्तरण अपरिहार्य रहेको बताएका छन् ।

बुधबार हेटौँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै शाहीले राप्रपाको आगामी महाधिवेशन केवल नेतृत्व चयन गर्ने प्रक्रियामा मात्र सीमित हुन नहुने बताए ।

महाधिवेशन आगामी स्थानीय तह र प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गर्दै पार्टीको संगठन, नेतृत्व, कार्यशैली र राजनीतिक कार्यदिशा परिवर्तन गर्ने अवसर बन्नुपर्ने उनको भनाइ थियो ।

उनले भने, ‘राप्रपाको महाधिवेशन सिर्फ नेता छान्नका लागि मात्र होइन, आगामी निर्वाचन जित्ने रणनीति निर्माण गर्न र पार्टी रूपान्तरणमा केन्द्रित हुनुपर्छ । पुस्तान्तरणसँगै रूपान्तरण गर्न सकेनौँ भने आगामी प्रतिनिधिसभा र स्थानीय तहको निर्वाचनमा राप्रपाले अपेक्षित सफलता हासिल गर्न सक्दैन ।’

शाहीले चुनाव आउँदा कहिले एमालेको त कहिले कांग्रेसको राजनीतिक कोटा ताकेर बस्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने बताए । राप्रपा अरू राजनीतिक दलको सहारा र कोटामा निर्भर नभई आफ्नै विचार, संगठन र नेतृत्वको बलमा निर्वाचन जित्न सक्ने पार्टी बन्नुपर्नेमा उनले जोड दिए ।

उनले भने, ‘हामी अरूको राजनीतिक बैसाखी टेकेर होइन, आफ्नै शक्तिमा उभिएर चुनाव जित्ने पार्टी बनाउन चाहन्छौँ । त्यसका लागि पुस्तान्तरणसँगै रूपान्तरण आवश्यक छ । गुट र उपगुट होइन, एकता र संगठन निर्माण हाम्रो प्राथमिकता हुनुपर्छ ।’

शाहीका अनुसार अबको महाधिवेशन पार्टीभित्र पद र नेतृत्व बाँडफाँट गर्ने माध्यम मात्र नभई नयाँ पुस्ताको उदय, नयाँ सोच र नयाँ ऊर्जासहित राप्रपालाई राष्ट्रिय राजनीतिमा स्थापित गर्ने अवसर हुनुपर्छ ।

उनले महाधिवेशनको सफलता नेतृत्व परिवर्तनमा मात्र नभई पार्टीको संगठनात्मक रूपान्तरण, आगामी निर्वाचनको तयारी र आफ्नै राजनीतिक शक्तिमा उभिएर चुनाव लड्ने सामर्थ्य विकास गर्नमा देखिनुपर्ने धारणा व्यक्त गरेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपाको महाधिवेशन नेतृत्व चयनमा मात्र सीमित हुनुहुँदैन : ज्ञानेन्द्र शाही
२०८३ मंग्सिर २, बुधबार
टेलिफोन पहुँचबाट वञ्चित हुनुपर्ने अवस्थाको चाँडै अन्त्य हुन्छ : सञ्चारमन्त्री डा. तिमिल्सिना
२०८३ मंग्सिर २, बुधबार
काठमाडौँ-मधेस द्रुतमार्ग सडक आयोजनाको काम निर्धारित समयभित्रै सम्पन्न गर्न मन्त्री लम्सालको निर्देशन
२०८३ मंग्सिर २, बुधबार
तातोपानी नाका तत्काल खुलाउन चीनसँग परराष्ट्रमन्त्री खनालको आग्रह
२०८३ मंग्सिर २, बुधबार
सभामुख अर्याल र चिनियाँ जनसंघका अध्यक्ष याङबीच शिष्टाचार भेटवार्ता
२०८३ मंग्सिर २, बुधबार
दानबहादुर कार्कीको रिटमा सर्वोच्चले बोलायो दुवै पक्ष, अन्तरिम आदेशबारे निर्णय हुने
२०८३ मंग्सिर २, बुधबार
एमालेको राष्ट्रिय भेलाः जनजीवनदेखि पार्टीभित्रका समस्या केलाइँदै
२०८३ मंग्सिर २, बुधबार