मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

हसिनाको फिर्तीको घोषणापछि बङ्गलादेशमा सुरक्षा कडा

हसिनाले पछिल्ला सातामा समर्थकहरूलाई सम्बोधन गर्दै डिसेम्बरमा स्वदेश फर्कने प्रतिबद्धता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः पूर्वप्रधानमन्त्री शेख हसिनाका समर्थकले राष्ट्रव्यापी प्रदर्शनको आह्वान गरेपछि बङ्गलादेश सरकारले राजधानी ढाकासहित सात जिल्लामा सयौँ सुरक्षाकर्मी परिचालन गरेको छ ।

विद्यार्थी नेतृत्वको विद्रोहबाट १५ वर्षे शासन अन्त्य भएपछि सन् २०२४ अगस्टमा भारत पलायन हुनुभएकी ७९ वर्षीया हसिनाले आगामी डिसेम्बरमा स्वदेश फर्कने घोषणा गर्नुभएको छ । प्रदर्शनकारीमाथि भएको घातक दमनसम्बन्धी मानवताविरुद्धको अपराधमा दोषी ठहर गर्दै अदालतले उहाँलाई अनुपस्थितिमै मृत्युदण्डको सजाय सुनाएको थियो ।

हसिनाको सम्भावित फिर्तीलाई लिएर पछिल्ला दिनमा हिंसात्मक घटना बढेका छन् । प्रतिबन्धित अवस्थामा रहेको उहाँको दल अवामी लिगले बिहीबार राष्ट्रव्यापी प्रदर्शन र ‘लकडाउन’ आह्वान गरेको थियो । सीमा सुरक्षा बल बङ्गलादेशले हसिनाको गृहनगर गोपालगञ्जसहित सात जिल्लामा सुरक्षाकर्मी खटाएको छ ।

पार्टीको घरभित्रै बस्नुपर्ने आह्वानका बाबजुद समर्थकहरूले ढाकालाई गोपालगञ्जसँग जोड्ने राजमार्गका विभिन्न स्थानमा प्रदर्शन गर्दै यातायात अवरुद्ध गरेका छन् । ती क्षेत्रमा आगजनी तथा हिंसाका घटना भएको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।

यसैबीच, प्रधानमन्त्री तारिक रहमानले राजनीतिक विरोधीहरूले देशलाई अस्थिर बनाउन खोजेको आरोप लगाउँदै लोकतन्त्र समर्थक शक्तिहरूलाई एकजुट हुन आग्रह गर्नुभएको छ । प्रहरीले अवामी लिगसँग सम्बन्धित १०७ जनालाई बुधबारदेखि पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा पूर्वशिक्षामन्त्री नुरुल इस्लाम नाहिदसमेत हुनुहुन्छ ।

हसिनाले पछिल्ला सातामा समर्थकहरूलाई सम्बोधन गर्दै डिसेम्बरमा स्वदेश फर्कने प्रतिबद्धता दोहोर्‍याउनुभएको छ । उहाँको घोषणासँगै बङ्गलादेशको राजनीतिक वातावरण थप तनावपूर्ण बनेको छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
हसिनाको फिर्तीको घोषणापछि बङ्गलादेशमा सुरक्षा कडा
२०८३ मंग्सिर ३, बिहिबार
नयाँ पुस्ताको कूटनीति राष्ट्रिय हित र रणनीतिक क्षमतामा आधारित हुनुपर्छ: परराष्ट्रमन्त्री खनाल
२०८३ मंग्सिर ३, बिहिबार
राप्ती पुलमा मोटरसाइकल दुर्घटना हुँदा १९ वर्षीय युवकको मृत्यु, दुई घाइते
२०८३ मंग्सिर ३, बिहिबार
विकास–निर्माण थाल्नुअघि भौगर्भिक अध्ययन गर्नुपर्नेमा सभामुखको जोड
२०८३ मंग्सिर ३, बिहिबार
‘एमालेको प्राथमिकता पार्टी एकता, लोकतन्त्रको रक्षा र स्थानीय निर्वाचन’ : एमाले नेता, प्रदीप ज्ञवाली (अन्तवार्ता)
२०८३ मंग्सिर ३, बिहिबार
चितुवा र दुम्सीको आतङ्कले दमेकका किसान चिन्तित
२०८३ मंग्सिर ३, बिहिबार
सुनको मूल्य तोलामै ३ हजार ३०० रुपैयाँले घट्यो
२०८३ मंग्सिर ३, बिहिबार