मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै

भारत भ्रमणका एजेन्डा र सम्झौताबारे आज मन्त्रिपरिषद् बैठकमा छलफल हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणको पूर्वसन्ध्यामा आज मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ। विहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदकाे कार्यालयमा बस्ने बैठकमा  प्रधानमन्त्री शाहको भारत भ्रमणकाे विषयमा छलफल हुने बताइएकाे छ।

यही मङ्सिर ६ र ७ गते हुने प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा दुई देशबीच द्विपक्षीय हित, आपसी सहकार्य, विभिन्न सम्झौता तथा समझदारीका पत्रहरूमा हस्ताक्षर गर्ने तयारी भइरहेको छ। भ्रमणमा प्रस्तुत गरिने आधिकारिक एजेन्डा, राष्ट्रिय तथा कूटनीतिक हितका विषयहरू र दुई देशको सम्बन्धलाई ‘बहुआयामिक ब्रेक थ्रु’ मा लैजाने कसरतस्वरूप सरकारले विगत केही दिनयता लगातार गृहकार्य गर्दै आएको छ।

आज बस्ने मन्त्रिपरिषद्को यस बैठकमा भ्रमणका क्रममा उठाइने मुख्य मुद्दाहरू, नेपाल-भारत सीमा समस्या, व्यापार घाटा, पूर्वाधार विकास तथा द्विपक्षीय सहकार्यका प्रस्तावहरूलाई अन्तिम रूप दिने र मन्त्रिपरिषद्बाट औपचारिक अनुमोदन गर्ने एजेन्डा रहेको छ।

साथै, भ्रमण टोलीमा सहभागी हुने सदस्यहरूको अन्तिम टुंगो लगाउने तथा सरकारका अन्य समसामयिक प्रशासनिक र नीतिगत निर्णयहरूसमेत बैठकमा प्रस्तुत हुने अपेक्षा गरिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै
२०८३ मंग्सिर ४, शुक्रबार
कम्पनीलाई वार्षिक विवरण र कर दाखिला गर्न पुस मसान्तसम्म समय थप
२०८३ मंग्सिर ४, शुक्रबार
उपत्यकामा ट्राफिक नियम उल्लंघन बढ्दो, एकैदिन ७२३ चालक कारबाहीमा
२०८३ मंग्सिर ४, शुक्रबार
मलेसिया जाने श्रमिकसँग यसरी असुलियो दुई अर्ब
२०८३ मंग्सिर ४, शुक्रबार
हरिबोधनी एकादशी आज, तुलसी विवाह गरी भगवान् विष्णुको पूजा गरिँदै
२०८३ मंग्सिर ४, शुक्रबार
राष्ट्र बैङ्कद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ मंग्सिर ४, शुक्रबार
मौसम पूर्वानुमान : कोशी–मधेशमा बदली, तराई र उपत्यकामा हुस्सु
२०८३ मंग्सिर ४, शुक्रबार