मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

एनपिएलका आठ वटै क्लबका लागि क्रिकेट रङ्गशाला निर्माण गरिदिने प्रधानमन्त्रीको घोषणा

सबै रङ्गशाला नेपाल सरकारको पूर्वाधार विकास मन्त्रालयमार्फत निर्माण गरिने भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । सरकारले नेपाल प्रिमियर लिग (एनपिएल)का आठ वटै क्लबका लागि फ्लडलाइटसहितका क्रिकेट रङ्गशाला निर्माण प्रक्रिया आगामी तीन महिनाभित्र अघि बढाउने भएको छ ।

प्रधानमन्त्री वालेन्द्र शाहले एनपिएलको छैटौँ संस्करणदेखि प्रतियोगिता ‘होम एन्ड अवे’ प्रणालीमा सञ्चालन गर्ने लक्ष्यसहित सबै क्लबका लागि आफ्नै क्रिकेट रङ्गशाला निर्माण गर्न लागिएको जानकारी दिनुभएको हो ।

उहाँले आफ्नो सामाजिक सञ्जालमार्फत विराटनगर किङ्गस्का लागि बैजनाथपुर, लुम्बिनी लायन्सका लागि सिद्धार्थ, कर्णाली याक्सका लागि सुर्खेत, सुदूरपश्चिम रोयल्सका लागि फाप्ला, काठमाडौँ गुर्खाजका लागि कीर्तिपुर, पोखरा एभेन्जर्सका लागि पोखरा, जनकपुर बोल्ट्सका लागि रामजानकी र चितवन राइनोजका लागि गौतमबुद्ध क्रिकेट रङ्गशाला निर्माण गरिने बताउनुभएको छ ।

प्रधानमन्त्री शाहले फाप्ला क्रिकेट रङ्गशाला निर्माणको प्रक्रिया अघि बढिसकेको र अन्य रङ्गशालाको निर्माण प्रक्रिया पनि आगामी तीन महिनाभित्र सुरु गरिने बताउनुभएको छ । उहाँले क्रिकेटको व्यावसायिक विकास र विस्तारका लागि आवश्यक पूर्वाधार निर्माण गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभएको छ ।

प्रधानमन्त्रीका अनुसार यी रङ्गशाला नेपाल सरकारको पूर्वाधार विकास मन्त्रालयमार्फत निर्माण गरिनेछन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एनपिएलका आठ वटै क्लबका लागि क्रिकेट रङ्गशाला निर्माण गरिदिने प्रधानमन्त्रीको घोषणा
२०८३ मंग्सिर ५, शनिबार
दर्शकदीर्घाको उत्साहपूर्ण साथबीच एनपिएल सम्पन्न
२०८३ मंग्सिर ५, शनिबार
परराष्ट्रमन्त्री खनालसँग जापानी उपविदेशमन्त्री फुजीको शिष्टाचार भेटवार्ता
२०८३ मंग्सिर ५, शनिबार
देश समृद्ध बनाउँदै भ्रष्टाचार अन्त्य गर्ने अभियानमा छु : सभामुख अर्याल
२०८३ मंग्सिर ५, शनिबार
प्रधानमन्त्री शाह आइतबार भारतको राजकीय भ्रमणमा जानुहुँदै
२०८३ मंग्सिर ५, शनिबार
दलको झोला बोक्ने र नेताको चाकडी गर्ने कर्मचारीमाथि कडा कारबाही हुन्छ : गृहमन्त्री गुरुङ
२०८३ मंग्सिर ५, शनिबार
हरेदी दलसँग गठबन्धन बन्ने अभिग्डोर लिबरम्यानको विश्वास
२०८३ मंग्सिर ५, शनिबार