मंग्सिर ६, २०८३ आइतबार November 22, 2026

चेपाङ विद्यालयका १३० विद्यार्थीलाई सांग्रिला बैंकको शैक्षिक सामग्री सहयोग

सांग्रिला बैंकले गर्‍यो १३० चेपाङ विद्यार्थीलाई पोशाक तथा सामग्री वितरण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । साग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले मकवानपुर जिल्लाको मनहरी गाउँपालिका–४ चिसापानीस्थित श्री चेपाङ प्राथमिक विद्यालयका विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामग्री वितरण गरेको छ ।

बैंकको संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत हेटौंडा शाखाको पहलमा उक्त विद्यालयका १३० जना विद्यार्थीलाई ट्र्याक सुट र शैक्षिक सामग्री वितरण गरिएको हो ।

कार्यक्रममा सांग्रिला डेभलपमेन्ट बैंकका वीरगञ्ज–चितवन सबक्लस्टर प्रमुख रूपक मैनाली, हेटौंडा शाखाका शाखा प्रबन्धक बिनेश कार्की तथा कर्मचारीहरू र विद्यालयका शिक्षकहरूको उपस्थिति रहेको थियो ।

यस कार्यले बालबालिकाको सिकाइमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । बैंकिङ सेवा सँगै संस्थागत सामाजिक उत्तरदायित्वलाई समेत उच्च प्राथमिकतामा राख्दै समुदायको आवश्यकता, शिक्षा तथा सामाजिक विकासमा योगदान पु¥याउने उद्देश्यले यस बैंकले सामाजिक कार्यलाई प्राथमिकता दिँदै आएको छ ।

आम नागरिकको प्रगाढ विश्वास र भरोसाले गर्दा साग्रिला डेभलपमेन्ट बैंकले हाल १०९ शाखा कार्यालय र ३० वटा एटीएममार्फत सेवा प्रवाह गर्दै आएको छ ।

संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दै आएको साग्रिला डेभलपमेन्ट बैंकले, आगामी दिनमा सेवालाई अझ विस्तार गर्दै लैजाने प्रतिवद्धता जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधानमन्त्री बालेन दिल्लीमा, राज्यमन्त्री जितिन प्रसादले गरे स्वागत
२०८३ मंग्सिर ६, आइतबार
प्रधानमन्त्री शाहको भ्रमणबाट नेपाल-भारत सम्बन्ध थप सुदृढ हुने रास्वपाको विश्वास
२०८३ मंग्सिर ६, आइतबार
प्रधानमन्त्री शाह दुईदिने राजकीय भ्रमणका लागि भारत प्रस्थान
२०८३ मंग्सिर ६, आइतबार
Prime Minister Shah Heads to India for Talks with Narendra Modi
२०८३ मंग्सिर ६, आइतबार
एसियन राइजिङ स्टार्स प्रतियोगिता : युएईले नेपाललाई दियो १२२ रनको लक्ष्य
२०८३ मंग्सिर ६, आइतबार
नेपाल खुला विश्वविद्यालयमा भर्ना खुल्यो, MBA का लागि २.५ CGPA अनिवार्य
२०८३ मंग्सिर ६, आइतबार
ऊर्जामन्त्री श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी
२०८३ मंग्सिर ६, आइतबार