मंग्सिर ६, २०८३ आइतबार November 22, 2026

सन्दीपको घातक बलिङ र कुशलको अर्धशतक, यूएईमाथि नेपालको ६ विकेटको शानदार जित

कुशलको अर्धशतक र सन्दीपको घातक बलिङ, यूएईमाथि नेपालको शानदार जित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । दोहामा जारी एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगितामा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) माथि ६ विकेटको शानदार जित निकालेको छ। बलिङमा कप्तान सन्दीप लामिछाने र कुशल भुर्तेल चम्किएपछि नेपालले यूएईले दिएको १२२ रनको लक्ष्य २२ ओभरमै चार विकेट गुमाएर पूरा गरेको हो।

टस हारेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ओभरमा सबै विकेट गुमाउँदै १२१ रन बनाएको थियो। यूएईका लागि मोहम्मद साहदादले सर्वाधिक ४० रन बनाए। उनले ७० बलको सामना गरेका थिए। त्यस्तै हरप्रित सिंहले ४८ बलमा ३२ रन तथा नरुल्लाह अयोयबीले २४ बलमा १२ रन जोडे। यूएईका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

नेपालका कप्तान सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै १० ओभरमा तीन मेडन राखेर मात्र ११ रन खर्चिए र तीन विकेट लिए। कुशल भुर्तेलले पनि पाँच ओभरमा दुई मेडनसहित १५ रन खर्चिएर तीन विकेट लिए। उनीहरूको प्रभावशाली बलिङका कारण यूएई ठूलो योगफल बनाउनबाट रोकिएको थियो।

नेपालका लागि नन्दन यादव, रसिद खान र ललित राजवंशीले समान एक–एक विकेट लिए। ललितले आफ्नो बलिङमा एक मेडन ओभरसमेत राखे।

१२२ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले सुरुदेखि नै संयमित ब्याटिङ गर्‍यो। ओपनर कुशल भुर्तेलले उत्कृष्ट अर्धशतक प्रहार गर्दै नेपालको जितको आधार तयार गरे। उनले ५६ बलमा ६ चौका र एक छक्कासहित ५७ रन बनाए। भुर्तेलले ४९ बलमै आफ्नो अर्धशतक पूरा गरेका थिए।

त्यस्तै मयन यादवले २८ बलमा चार चौका र एक छक्कासहित २७ रन बनाए। बसिर अहमदले अविजित १८ रन बनाएर नेपालको जित सुनिश्चित गर्न योगदान दिए।

यूएईका मोहम्मद मोसिनले दुई विकेट लिए भने उद्दिस सुरी र अंश टन्डनले समान एक विकेट लिए। यद्यपि नेपालको ब्याटिङलाई रोक्न यूएईका बलर सफल हुन सकेनन्।

पहिलो खेलमा भारत ‘ए’ सँग ठूलो अन्तरले पराजित भएको नेपालका लागि यूएईमाथिको यो जित महत्वपूर्ण बनेको छ। सन्दीपको किफायती र प्रभावशाली बलिङ तथा कुशलको अर्धशतकसँगै नेपालले प्रतियोगितामा बलियो पुनरागमन गरेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पर्सामा आर्थिक अपराधका घटना सबैभन्दा बढी, एक महिनामा ४९ मुद्दा दर्ता
२०८३ मंग्सिर ६, आइतबार
सन्दीपको घातक बलिङ र कुशलको अर्धशतक, यूएईमाथि नेपालको ६ विकेटको शानदार जित
२०८३ मंग्सिर ६, आइतबार
झापा महिला गोल्डकप : १० गोल गर्दै आर्मीले काट्यो सेमिफाइनलको टिकट
२०८३ मंग्सिर ६, आइतबार
प्रधानमन्त्री शाहसँग भारतीय विदेशमन्त्रीको शिष्टाचार भेट
२०८३ मंग्सिर ६, आइतबार
नेपाललाई हिन्दु राष्ट्रबाट धर्मनिरपेक्ष राष्ट्र बनाउनुमा राजनीतिक दलहरूको भुमिका : अध्यक्ष लिङ्देन
२०८३ मंग्सिर ६, आइतबार
अमेरिकाबाट निष्कासित दुई महिलासहित २५ आप्रवासी लाइबेरिया पुगे
२०८३ मंग्सिर ६, आइतबार
प्रधानमन्त्री बालेन दिल्लीमा, राज्यमन्त्री जितिन प्रसादले गरे स्वागत
२०८३ मंग्सिर ६, आइतबार