मंग्सिर ८, २०८३ मंगलबार November 24, 2026

क्रिकेटर ढकाल हेटौँडामा सम्मानित

हेटौँडा आएदेखि मङ्गलबारसम्म ढकाललाई विभिन्न सङ्घसंस्थाले सम्मान गर्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

हेटौँडा । चितवन राइनोजबाट उत्कृष्ट खेल्दै नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको सर्वोत्कृष्ट खेलाडी घोषित भएर कार, मोटरसाइकल र नगद रु दुई लाख जितेका मकवानपुरका क्रिकेटर रिजन ढकाल गृह जिल्लामा सम्मानित भएका छन् । उनलाई विभिन्न सङ्घसंस्थाले सम्मान गरेको हो ।

आइतबार हेटौँडा आएदेखि मङ्गलबारसम्म ढकाललाई विभिन्न सङ्घसंस्थाले सम्मान गर्दैआएका छन् । देब्रे हाते तीव्र गतिका बलर ढकाललाई हेटौँडा उपमहानगरपालिकाले रु एक लाखसहित दोसल्ला ओढाएर सम्मान गरेको छ । उनी हेटौँडा उपमहानगरपालिका–२ का बासिन्दा हुन् ।

यस्तै ढकाललाई हेटौँडा स्कुल अफ म्यानेजमेन्ट क्याम्पसले पनि रु एक लाखसहित सम्मान गरेको छ । उनलाई बालजागृती इङ्लिस स्कुलले रु २५ हजारसहित सम्मान गरेको छ । हेटौँडा–४ हुप्रचौरमा रहेको डिडिसी आउटलेटले पनि सम्मान गरेको छ । हेटौँडा उपमहानगरपालिका–२ नम्बर वडा कार्यालय, हेटौँडा २ पुरानो मकवानपुर रोडमा रहेको निको अस्पताल प्रालिले पनि रिजनलाई सम्मान गरेको छ ।

यस्तै २ नम्बर वडा कार्यालयले ढकाललाई रु ३५ हजार र अस्पतालले नगदसहित सम्मानपत्र प्रदान गरेको हो । साथै, अस्पतालले उनको परिवारका सदस्यको एक वर्षसम्म निःशुल्क उपचार गर्ने घोषणा समेत गरेको छ । गृह जिल्लाका विभिन्न सङ्घसंस्थाले सम्मान गर्दा आफूलाई थप हौसला मिलेको ढकालले बताए ।

“गृह जिल्लामा यति धेरै माया पाउँदा निकै खुसी छु । आगामी दिनमा निरन्तर क्रिकेट खेलमै लाग्न हौसला मिलेको छ”, उनले भने । ढकालले एनपिएलको तेस्रो संस्करणमा सर्वोत्कृष्ट नेपाली खेलाडी, सर्वाधिक विकेट लिने नेपाली बलर र समग्रमा सर्वाधिक विकेट लिने बलर बनेका थिए । सर्वाधिक विकेटकर्ताको गोल्डेन क्यापसमेत जितेका उनले प्रतियोगिताभर १७ विकेट लिएका थिए । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल एसिया कप समूह चरणको अन्तिम खेलमा पाकिस्तान ‘ए’सँग पराजित
२०८३ मंग्सिर ८, मंगलबार
क्रिकेटर ढकाल हेटौँडामा सम्मानित
२०८३ मंग्सिर ८, मंगलबार
एआई जोखिम नियन्त्रण गर्न अन्तर्राष्ट्रिय ढाँचा बनाउन गुटेरेसको आह्वान
२०८३ मंग्सिर ८, मंगलबार
काभ्रेमा डेङ्गी सङ्क्रमितको सङ्ख्या ५४ पुग्यो
२०८३ मंग्सिर ८, मंगलबार
नागरिकका सरोकारमा कांग्रेसले सरकारलाई निरन्तर खबरदारी गर्छ : सभापति थापा
२०८३ मंग्सिर ८, मंगलबार
‘विपद् व्यवस्थापनमा स्थानीय तहको भूमिका महत्वपूर्ण’ – मुख्यमन्त्री भट्ट
२०८३ मंग्सिर ८, मंगलबार
एसईई आवेदन फाराम भर्ने म्याद १५ दिन थपियो, मंसिर २५ गतेसम्म समय
२०८३ मंग्सिर ८, मंगलबार