मंग्सिर १०, २०८३ बिहिबार November 26, 2026

झापा महिला गोल्डकपः त्रिभुवन आर्मी फुटबल क्लब फाइनलमा

फाइनलमा प्रवेश गरेको आर्मीले उपाधिका लागि शनिबार एपीएफ फुटबल क्लबसँग प्रतिस्पर्धा गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

झापा। झापाको दुधे रङ्गशालामा जारी झापा महिला गोल्डकप फुटबल प्रतियोगितामा त्रिभुवन आर्मी फुटबल क्लबले नेपाल पुलिस क्लबलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको छ ।

चन्द्रा भण्डारीको निर्णायक गोलको मद्दतले आर्मीले पुलिसलाई पराजित गरेको हो । खेलको ५१औँ मिनेटमा चन्द्राले गरेको गोल नै निर्णायक बन्यो ।

फाइनलमा प्रवेश गरेको आर्मीले उपाधिका लागि शनिबार एपीएफ फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

खेलमा उत्कृष्ट प्रदर्शन गरेकी आर्मीकी विमला विक ‘प्लेयर अफ द म्याच’ घोषित भइन् । उनले नगद रु १५ हजार पुरस्कार प्राप्त गरिन् ।

प्रतियोगितामा नेपाल, भारत र भुटानका आठ टोलीको सहभागिता रहेको थियो। सहभागी टोलीमा भुटानको थिम्पु राभेन वुमन एफसी, भारतको गेसपुर फुटबल एकेडेमी, आरएस पोखरा फुटबल क्लब, बागमती युथ क्लब, झापा–११ फुटबल क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, एपीएफ फुटबल क्लब र नेपाल पुलिस क्लब रहेका छन् ।

प्रतियोगिताको विजेताले नगद रु ११ लाख तथा उपविजेताले रु पाँच लाख ५० हजार पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले रु एक लाख ५० हजार तथा उत्कृष्ट गोलकिपर, मिडफिल्डर, डिफेन्डर, सर्वाधिक गोलकर्ता र प्रशिक्षकले जनही रु २५ हजार पुरस्कार पाउनेछन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पहुँच विस्तारको योजनासहित प्रतिवेदन पेस गर्न लगानी कोषलाई निर्देशन
२०८३ मंग्सिर १०, बिहिबार
ट्रम्प र रूटद्वारा रूसलाई युक्रेन युद्ध ‘नफैलाउन’ आग्रह
२०८३ मंग्सिर १०, बिहिबार
महिला बास्केटबल : क्वाटरफाइनल समीकरण पूरा
२०८३ मंग्सिर १०, बिहिबार
क्रिकेटर रोहित पौडेलले सिम्रन खड्कासँग कसे लगनगाँठो
२०८३ मंग्सिर १०, बिहिबार
झापा महिला गोल्डकपः त्रिभुवन आर्मी फुटबल क्लब फाइनलमा
२०८३ मंग्सिर १०, बिहिबार
मन्त्रिपरिषद्को मर्यादाक्रम फेरियो, सोविता गौतम तेस्रो स्थानमा
२०८३ मंग्सिर १०, बिहिबार
पुटिनको वार्षिक पत्रकार सम्मेलन डिसेम्बर १० मा
२०८३ मंग्सिर १०, बिहिबार