मंग्सिर ११, २०८३ शुक्रबार November 27, 2026

धरानमा पुस ३ गतेदेखि डिआइजी रनिङ कप

प्रतियोगिताका लागि आजदेखि यही मङ्सिर २८ गतेसम्म दर्ता गर्न सकिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

सुनसरी, ११ मङ्सिरः कोशी प्रदेश अन्तर विद्यालय आठौँ डिआइजी रनिङ कप फुटबल प्रतियोगिता आगामी पुस ३ गतेदेखि सञ्चालन हुँदैछ ।

नेपाल प्रहरी स्कुल धरानको आयोजनामा आगामी पुस ११ गतेसम्म हुने प्रतियोगिता नेपाल प्रहरी प्रदेश कार्यालय धरानको खेलमैदानमा सञ्चालन गरिनेछ ।

विद्यालयस्तरदेखि नै फुटबल खेलको प्रवर्द्धन तथा प्रतिभाशाली खेलाडीको पहिचान गर्ने उद्देश्यले ‘फेयर प्ले फर फ्रेन्डसिप’ भन्ने नाराका साथ प्रतियोगिता गरिने आज यहाँ आयोजित पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

प्रतियोगितामा कोशी प्रदेशका १६ विद्यालयको सहभागिता रहनेछ । प्रतियोगितामा सहभागिताका लागि पहाडी क्षेत्रका सामुदायिक तथा सरकारी विद्यालयलाई विशेष प्राथमिकतामा दिइने आयोजकले जनाएको छ ।

विद्यालय तहदेखि नै खेलकुदको प्रवर्द्धन गर्दै भविष्यमा राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको नेपाल प्रहरी स्कुल धरानका प्रहरी निरीक्षक अनिता महतले बताउनुभयो ।

प्रतियोगिताले बालबालिकामा लुकेर रहेका प्रतिभाको पहिचान गरी उनीहरूलाई राष्ट्रियस्तरमा अघि बढ्ने अवसर प्रदान गर्ने उहाँले बताउनुभयो ।

प्रतियोगिताका लागि आजदेखि यही मङ्सिर २८ गतेसम्म दर्ता गर्न सकिनेछ । प्रतियोगिताको विजेता टिमलाई रु एक लाख पाँच हजार एक, रनिङ शिल्ड, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।

त्यस्तै, उपविजेता टिमले नगद रु ५० हजार पाँच, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने कार्यक्रमका खेल संयोजक सागर कार्कीले बताउनुभयो ।

त्यस्तै, व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, मिडफिल्डर, डिफेन्डर, हाई स्कोरर, राइजिङ प्लेयर तथा उत्कृष्ट प्रशिक्षकलाई पुरस्कार प्रदान गरिने जानकारी दिइयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रुख र चारतारे झण्डाको दुरुपयोग रोक्न कांग्रेसले निर्वाचन आयोग गुहार्ने
२०८३ मंग्सिर ११, शुक्रबार
रास्वपा सभापति रवि लामिछाने सुर्खेतमा
२०८३ मंग्सिर ११, शुक्रबार
सर्वोच्चको अन्तरिम आदेश : खोटाङका जिसस प्रमुखलाई साविककै काम गर्न दिन निर्देशन
२०८३ मंग्सिर ११, शुक्रबार
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
२०८३ मंग्सिर ११, शुक्रबार
रास्वपाको क्यान्डिडेट क्लब समितिमा ६ जना सदस्य मनोनीत
२०८३ मंग्सिर ११, शुक्रबार
१०औँ राष्ट्रिय खेलकुद: राष्ट्रिय पौडी च्याम्पियनसिपमा १६ स्वर्णसहित बागमती च्याम्पियन
२०८३ मंग्सिर ११, शुक्रबार
मध्यपुर थिमि खेलकुद महोत्सव पुस ११ गते हुने
२०८३ मंग्सिर ११, शुक्रबार