मंग्सिर ११, २०८३ शुक्रबार November 27, 2026

मध्यपुर थिमि खेलकुद महोत्सव पुस ११ गते हुने

पुस ११ गते बागमती प्रदेश अन्तर नगरपालिका स्तरीय मेयर कप नकआउट फुटबल प्रतियोगिता सञ्चालनबाट  गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

भक्तपुर । मध्यपुर थिमि नगरपालिकाले आगामी पुस महिनामा मध्यपुर थिमि खेलकुद महोत्सव आयोजना गर्ने भएको छ ।

नगरपालिकामा आज आयोजित पत्रकार सम्मेलनमा नगरपालिकाका नगरप्रमुख सुरेन्द्र श्रेष्ठले नगरपालिकाको चालु आर्थिक बर्ष २०८३-०८४ को स्वीकृत वार्षिक नीति, कार्यक्रम तथा बजेट अनुसार पुस महिनामा विभिन्न विद्याका खेलकुद प्रतियोगिताहरू समावेश गरी खेलकुद महोत्सव आयोजना गर्न लागिएको जानकारी दिनुभयो ।

खेलकुद महोत्सवको शुभारम्भ पुस ११ गते बागमती प्रदेश अन्तर नगरपालिका स्तरीय मेयर कप नकआउट फुटबल प्रतियोगिता सञ्चालनबाट  गरिने नगर प्रमुख श्रेष्ठले बताउनुभयो ।

प्रतियोगिताको विजेता टोलीले १० लाख २५ हजार रुपैयाँ र उपविजेता टोलीले ५ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने उहाँले बताउनुभयो ।

महोत्सव अन्तर्गत राष्ट्रव्यापी बुद्धिचाल प्रतियोगिता, उपत्यका व्यापी भलिबल प्रतियोगिता, मार्सल आर्ट प्रतियोगिता, किक बक्सिङ प्रतियोगिता, टेबल टेनिस , फुटसल, ब्याडमिण्टन, बास्केटबल, हाफ म्यारथन, उसु र स्नसकर प्रतियोगिता सञ्चालन हुने नगरपालिकाले जनाएको छ  ।

नगरका युवाहरू केवल खेल हेर्ने दर्शकमा मात्र सीमित नरहुन् र उनीहरू खेल्ने, प्रतिस्पर्धा गर्ने, आफ्नो प्रतिभा बिकास गर्ने र राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा नगरको नाम चिनाउने खेलाडीको रुपमा अगाडि बढाउने महोत्सवको उद्देश्य रहेको छ ।

प्रतियोगिता सञ्चालन गर्न करिब रु एक करोड बजेट लाग्ने अनुमान गरिएको नगरप्रमुख श्रेष्ठले बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रुख र चारतारे झण्डाको दुरुपयोग रोक्न कांग्रेसले निर्वाचन आयोग गुहार्ने
२०८३ मंग्सिर ११, शुक्रबार
रास्वपा सभापति रवि लामिछाने सुर्खेतमा
२०८३ मंग्सिर ११, शुक्रबार
सर्वोच्चको अन्तरिम आदेश : खोटाङका जिसस प्रमुखलाई साविककै काम गर्न दिन निर्देशन
२०८३ मंग्सिर ११, शुक्रबार
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
२०८३ मंग्सिर ११, शुक्रबार
रास्वपाको क्यान्डिडेट क्लब समितिमा ६ जना सदस्य मनोनीत
२०८३ मंग्सिर ११, शुक्रबार
१०औँ राष्ट्रिय खेलकुद: राष्ट्रिय पौडी च्याम्पियनसिपमा १६ स्वर्णसहित बागमती च्याम्पियन
२०८३ मंग्सिर ११, शुक्रबार
मध्यपुर थिमि खेलकुद महोत्सव पुस ११ गते हुने
२०८३ मंग्सिर ११, शुक्रबार