मंग्सिर १३, २०८३ आइतबार November 29, 2026

मतदान स्थल पुनरवलोकन गर्दै निर्वाचन आयोग

समग्र निर्वाचन प्रणालीलाई ध्यानमा राखेर प्रक्रिया अघि बढाउदैं

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, मङ्सिर १३ गते । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनलाई लक्ष्य गर्दै आवश्यक पूर्वतयारी अघि बढाएको छ । आयोगले मतदाता नामावली अद्यावधिक, मतदान स्थल पुनरवलोकनलगायतका काम गरिरहेको हो ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार विभिन्न जिल्लामा मतदान स्थल पुनरवलोकनको काम तीव्र गतिमा अघि बढिरहेको छ । आयोगले मतदान स्थललाई सबै मतदाताका लागि सहज र पहुँचयोग्य बनाउने उद्देश्यले पुनरवलोकनको काम अघि बढाएको हो । मतदान स्थल पुनरवलोकन निर्देशिका अनुसार आयोगले काम गरिरहेको उहाँले जानकारी दिनुभयो ।

प्रवक्ता भट्टराईले भन्नुभयो, “विगतमा निर्वाचनका बेला कतिपय मतदान स्थलमा ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिलाई मतदान गर्न समस्या भएको गुनासो आएको थियो । सोही आधारमा निर्वाचनको मिति घोषणा हुनुअघि अहिले आयोगले मतदान स्थल पुनरवलोकनका लागि काम गरिरहेको छ ।” स्थानीय पालिकामा वडा तहमा वडाध्यक्षको नेतृत्वमा राजनीतिक दलका प्रतिनिधिसँग छलफल गरी हाल कायम मतदान स्थल उपयुक्त भए/नभएको समीक्षा गर्ने, मतदान स्थल अपायक परेको, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई पुग्न कठिन भएको वा अन्य व्यावहारिक समस्या देखिएको अवस्थामा स्थान परिवर्तनका लागि सिफारिस भएर आएपछि सोही अनुसार आयोगले मतदान स्थल कायम गर्ने उहाँले जानकारी दिनुभयो ।

प्रवक्ता भट्टराईले भन्नुभयो, “वडा तहबाट सिफारिस जिल्ला तहमा पठाइन्छ । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा राजनीतिक दल तथा सरोकारवालासँग छलफल गरी जिल्लाबाट अन्तिम सिफारिस आयोगमा आउँछ ।

जिल्लाबाट प्राप्त सिफारिसमाथि अध्ययन गरी मतदान स्थल परिवर्तन गर्ने वा नगर्ने अन्तिम निर्णय आयोगले गर्ने तयारी छ ।” दुई साताअघिबाट देशभरका १० हजार ९६७ मतदान स्थल पुनरवलोकनको काम अघि बढिरहेको उहाँले बताउनुभयो । उहाँका अनुसार मतदान स्थल पुनरवलोकन स्थानीय तह निर्वाचनका साथै सङ्घीय र प्रदेश निर्वाचनलाई समेत लक्ष्य गरेर गरिएको हो । एक पटक उपयुक्त स्थान निर्धारण भएपछि विभिन्न तहका निर्वाचनमा समेत त्यही मतदान स्थल प्रयोग हुने भएकाले आयोगले समग्र निर्वाचन प्रणालीलाई ध्यानमा राखेर प्रक्रिया अघि बढाएको प्रवक्ता भट्टराईले जानकारी दिनुभयो । आयोगले स्थानीय तह निर्वाचनको मिति घोषणा हुनुअघि गर्न सकिने प्रशासनिक तथा व्यवस्थापकीय तयारीलाई प्राथमिकता दिएको उहाँको भनाइ छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पोखरामा दाइँ महोत्सव : धान चुटेर र गोरु धपाएर रमाए विदेशी पर्यटक
२०८३ मंग्सिर १३, आइतबार
दसौँ राष्ट्रिय खेलकुद : महिला बास्केटबलको स्वर्णका लागि एपिएफ र आर्मी भिड्ने
२०८३ मंग्सिर १३, आइतबार
मतदान स्थल पुनरवलोकन गर्दै निर्वाचन आयोग
२०८३ मंग्सिर १३, आइतबार
कांग्रेसभित्र एकता र सहकार्यको आह्वान गर्दै परमेश्वरले घोषणा गरे मेयरको उम्मेदवारी
२०८३ मंग्सिर १३, आइतबार
एक्सनमा गगन थापा : निगरानीमा देउवा पक्षका ३१ बढी सांसद
२०८३ मंग्सिर १३, आइतबार
प्रमुख दुई उत्तरी नाका साढे दुई महिनादेखि बन्द
२०८३ मंग्सिर १३, आइतबार
दसौं राष्ट्रिय खेलकुदमा बागमती शीर्ष स्थानमा, कर्णाली पदकविहीन
२०८३ मंग्सिर १३, आइतबार